IME Life New

नेपाल राष्ट्र बैंकमा नयाँ नोट साट्नेको यस्तो देखियो भिड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकको बालुवाटारमा नयाँ नोट साट्नेको भिड बढेको छ । मङगलबार बिहान ६ बजेदेखि नै नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय बालुवाटारमा नयाँ नोट साट्न लाइन बसेका थिए । विहान ८ बज्दा करिब दुई सय मानिस गेट बाहिर लाइन लागेका थिए ।

नेपाल राष्ट्र बैंकले असोज १० गतेदेखि नयाँ नोट सटही शुरु गरे पनि आज चौथो दिनमा भने नयाँ नोट साट्ने सर्वसाधारणको भिड ह्वातै बढेको राष्ट्र बैंकले जनाएको छ ।

Esewa
Crest

दशैको टिका नजिकदै गर्दा गाउँघरमा जाने मानिसहरुको भिड बढी हुने गरेको छ । अघिल्लो वर्ष नेपाल राष्ट्र बैंक थापाथली कार्यलयबाट नयाँ नोट सटही गरेको थियो तर, यो वर्ष उक्त भवन निर्माण कार्य भईरहेको हुँदा यो पटक नेपाल राष्ट्र बैंक बालुवाटारबाटै नयाँ नोट सटही शुरु गरेको हो ।

नेपाल राष्ट्र बैंकले सरकारी स्तका बैंकलाई समेत नयाँ नोट सटही सुविधा दिए पनि नयाँ नोट साट्नको लागि सहज नभएपछि सर्वसाधारणहरु विहानैदेखि नेपाल राष्ट्र बैंकको गेटमा लाइन बस्न पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS