काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्थाको हकप्रद शेयर लिलामीमा आउने भएको छ । लघुवित्तले हकप्रद शेयरमा पूर्ण आवेदन नपरेपछि नबिकेको शेयर लिलामीमार्फत विक्री गर्न लागेको जनाएको छ ।
कम्पनीले सर्वसाधारणतर्फको ५६ हजार ५६१ कित्ता शेयर लिलामीमार्फत विक्रिमा ल्याउन लागेको हो । लिलामी शेयरमा आवेदन दिनको लागि असोज २८ गतेदेखि कार्तिक ७ गतेसम्म अवधि तोकिएको छ । कम्पनीको विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
यसअघि कम्पनीले साउन २१ गतेदेखि भदौ २३ गतेसम्म हकप्रदमा आवेदन माग गरेको थियो । आवेदकहरुले लिलामी शेयरमा आवेदन दिँदा न्यूनतम १०० कित्ता र सो भन्दा माथि १० अंकले भाग जाने गरी अधिकतममा २५ हजार कित्ताको लागि आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।
शेयरको न्यूनतम मूल्य १०० तोकेको हुँदा सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ ।