IME Life New

विद्यार्थी तथा शिक्षकसँग बीमा प्राधिकरणको छलफल तथा अन्तर्क्रिया सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय विराटनगरले रंगेलीमा रहेको रत्न माध्यमिक विद्यालयमा रहेका विद्यार्थी तथा शिक्षकसँग बीमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यार्थीहरू समाज रूपान्तरणका संवाहक भएकाले उनीहरूलाई सचेत गराउँदा त्यसको प्रभाव अभिभावक हुँदै समुदायस्तरसम्म पुग्ने अपेक्षाको साथ बीमा प्राधिकरणले छलफल र अन्तर्क्रिया कार्यक्रमलाई समुदाय स्तरमा पुयाउर्दै आएको छ ।

Esewa
Crest

नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जनले बीमालाई केवल कागजी सम्झौताका रूपमा नभई जीवन र सम्पत्तिको आर्थिक सुरक्षा कवचका रूपमा बुझाउन यस्ता लक्षित कार्यक्रमहरू फलदायी कार्यक्रलाई प्राधिकरणले प्राथमिकताको साथ रंगेलीमा गरिएको बताए ।

उक्त कार्यक्रममा बीमा प्राधिकरणका प्रथम सहायक मिलन पोखरेलले बीमाको महत्व , आवश्यकता र आर्थिक हानीबाट कसरी बच्न सकिन्छ भन्ने बिषयमा विद्यार्थी तथा शिक्षकहरुलाई प्रशिक्षण दिएका थिए ।

देशको समग्र वित्तीय प्रणालीमा बीमा क्षेत्रको योगदान, बीमाको अवधारणा, जीवन तथा निर्जीवन बीमाका प्रकार र यसको उपयोगिताबारेमा सो कार्यक्रममा जानकारी गराइएको थियो ।

कार्यक्रम पछी विद्यार्थीहरूका लागि बीमा सम्बन्धी खुला प्रश्नोत्तर कार्यक्रमसमेत सञ्चालन गरिएको थियो । जहाँ विद्यार्थीहरूले सक्रिय रूपमा आफ्ना जिज्ञासा तथा द्विविधाहरू राखेका थिए ।

प्राधिकरणका कोशी प्रदेश प्रमुख महर्जनका अनुसार विद्यालय तहदेखि नै विद्यार्थीलाई यस्तो व्यावहारिक वित्तीय ज्ञान दिँदा उनीहरू भविष्यमा जिम्मेवार नागरिक बन्नुका साथै परिवारलाई समेत आर्थिक सुरक्षाका उपाय अपनाउन प्रेरित गर्न सक्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS