IME Life New

आईक्यान र टिगबीच सहकार्य, सदस्य फर्म र विद्यार्थीले निःशुल्क क्लाउड अकाउन्टिङ प्रयोग गर्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) र क्लाउड अकाउन्टिङ प्लेटफर्म टिगबीच लेखा क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यले सहकार्य भएको छ। सहकार्यसम्बन्धी सम्झौतापत्रमा आईक्यानका कार्यकारी निर्देशक सीए विमल डंगोल र टिगका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश केसीले हस्ताक्षर गरेका छन्।

सम्झौताले लेखा व्यवसायी तथा विद्यार्थीलाई आधुनिक क्लाउड अकाउन्टिङ प्रणालीसँग परिचित गराउँदै उनीहरूको व्यावहारिक डिजिटल सीप विकासमा सहयोग पुर्‍याउने टिगका सीईओ रमेश केसीले बताए।

Esewa
Crest

यस्तै, आईक्यानका कार्यकारी निर्देशक विमल डंगोलले नेपालमै विकसित विश्वस्तरीय सफ्टवेयरसँगको सहकार्यले लेखा क्षेत्रमा डिजिटल प्रविधिको प्रयोगलाई थप प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार यस सहकार्यबाट लेखा पेशाकर्मीले डिजिटल प्रणालीमा काम गर्ने अवसर पाउनुका साथै विद्यार्थीले आधुनिक लेखा प्रणालीको व्यावहारिक अनुभव हासिल गर्न सक्नेछन्।

सहकार्यअन्तर्गत योग्य आईक्यान सदस्य फर्महरूले टिगको बेसिक प्याकेज आजीवन निःशुल्क प्रयोग गर्न पाउनेछन्। त्यस्तै, आईक्यानअन्तर्गतका योग्य विद्यार्थीले अध्ययन तथा व्यावहारिक अभ्यासका लागि टिगको ‘स्टुडेन्ट एडिसन’ प्रयोग गर्न सक्नेछन्।

निःशुल्क पहुँच प्राप्त गर्ने सदस्य फर्महरूले आफ्नै संस्थाको लेखा तथा वित्तीय व्यवस्थापनका लागि टिग प्रयोग गर्न सक्नेछन्। यसमार्फत क्लाउडमा लेखा व्यवस्थापन, भूमिकाअनुसार प्रयोगकर्ता पहुँच, भ्याट तथा टीडीएस व्यवस्थापन, वित्तीय तथा लेखा प्रतिवेदन तयार गर्ने, बैंक मिलानलगायतका काम गर्न सकिनेछ।

आईक्यानमा दर्ता भएका सदस्य फर्मले टिगमा डेमो अकाउन्ट सिर्जना गरी त्यसलाई आजीवन निःशुल्क प्रयोग गर्न मिल्ने संस्करणमा रूपान्तरण गर्न अनलाइन आवेदन दिनुपर्नेछ। आवेदन प्राप्त भएपछि आईक्यानको सदस्यता विवरणका आधारमा प्रमाणीकरण गरिनेछ। प्रमाणीकरण पूरा भएपछि सम्बन्धित डेमो अकाउन्टलाई निःशुल्क संस्करणमा रूपान्तरण गरिने टिगले जनाएको छ।

यसैगरी, आईक्यान विद्यार्थीका लागि उपलब्ध ‘स्टुडेन्ट एडिसन’मार्फत कारोबार प्रविष्टि, वित्तीय प्रतिवेदन, भ्याट तथा टीडीएसलगायतका लेखा प्रक्रियाको अभ्यास गर्न सक्नेछन्। यसले विद्यार्थीलाई सैद्धान्तिक अध्ययनसँगै आधुनिक लेखा प्रणालीको व्यावहारिक अनुभव हासिल गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

स्टुडेन्ट एडिसन अध्ययन तथा अभ्यासका लागि मात्र उपलब्ध हुनेछ। यसलाई ग्राहक वा अन्य व्यवसायको व्यावसायिक लेखा व्यवस्थापन, पुनः बिक्री वा अन्य व्यावसायिक प्रयोजनमा प्रयोग गर्न पाइने छैन। टिगका अनुसार लेखा क्षेत्र क्लाउड प्रणाली, स्वचालन, वास्तविक समयको वित्तीय सूचना तथा डिजिटल सहकार्यतर्फ अघि बढिरहेको अवस्थामा लेखा पेशाकर्मी र विद्यार्थीलाई यस्ता प्रविधिसँग परिचित गराउनु आवश्यक छ।

आईक्यान र टिगबीचको सहकार्यले नेपालमा प्रविधिमैत्री तथा डिजिटल रूपमा सक्षम लेखा समुदाय विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS