IME Life New

लघु निर्जीवन बीमकको दुई महिनाको व्यापार करिब साढे १४ करोड, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लघु निर्जीवन बीमकहरुले चालु आर्थिक वर्ष २०८३।८४ पहिलो दुई महिना भदौसम्म करिब साढे १४ करोड रुपैयाँ व्यापार भित्र्याएका छन्।

नेपाल बीमा प्राधिकरणका अनुसार ४ वटा लघु निर्जीवन बीमकले चालु आर्थिक वर्षको भदौसम्म १४ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। यो अवधिसम्म कम्पनीहरुले ४९ हजार ४२० वटा बीमालेख जारी गरेका छन्।

Esewa
Crest

भदौसम्म सर्वाधिक व्यापार भित्र्याउनेमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले १२ हजार ४३० वटा बीमालेख जारी गरेर ३ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

यसैगरी दोस्रो धेरै व्यापार भित्र्याउनेमा स्टार माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले १४ हजार १२४ वटा बीमालेख जारी गरी ३ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

चालु आर्थिक वर्षको भदौसम्म नेपाल माइक्रो इन्स्योरेन्सले ३ करोड ५९ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्स ३ करोड ३४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। यस अवधिसम्म नेपाल माइक्रो इन्स्योरेन्स ११ हजार ८६५ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले ११ हजार १ वटा बीमालेख जारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS