IME Life New

स्ट्याण्डर्ड चार्टर्ड बैंकले विगत ५ वर्षमा कति दियो लाभांश ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले पछिल्ला पाँच आर्थिक वर्षमा आफ्ना सेयरधनीहरूलाई औषत १८.६१ प्रतिशतका दरले लाभांश वितरण गरेको छ। समीक्षा अवधिमा बैंकले कुल ९३.०७ प्रतिशत लाभांश प्रदान गरेको छ, जसमा बोनस सेयरको तुलनामा नगद लाभांशको हिस्सा निकै बलियो देखिएको छ।

बैंकले पाँच वर्षको अवधिमा कुल ७६.५७ प्रतिशत नगद लाभांश बाँडेको छ, जसको वार्षिक औषत १५.३१ प्रतिशत हुन आउँछ। त्यस्तै, सोही अवधिमा बैंकले कुल १६.५० प्रतिशत मात्र बोनस सेयर जारी गरेको छ, जसको वार्षिक औषत ३.३० प्रतिशत रहेको छ। बैंकले पुँजी वृद्धिभन्दा पनि सेयरधनीलाई सिधै नगद प्रतिफल दिने रणनीतिलाई निरन्तरता दिएको देखिन्छ।

Esewa
Crest

आर्थिक वर्ष अनुसारको तथ्याङ्क हेर्दा बैंकले आव २०८१/८२ मा कुनै बोनस सेयर नदिई १९ प्रतिशत नगद लाभांश वितरण गरेको छ। यसअघि आव २०८०/८१ मा बैंकले ६.५० प्रतिशत बोनस र १९ प्रतिशत नगदसहित कुल २५.५० प्रतिशत लाभांश दिएको थियो, जुन पछिल्ला पाँच वर्षकै सबैभन्दा उच्च प्रतिफल हो।

त्यस्तै, आव २०७९/८० मा बैंकले १९.०० प्रतिशत तथा आव २०७८/७९ मा १६.५१ प्रतिशत नगद लाभांश मात्र प्रदान गरेको थियो। त्यसभन्दा अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा भने बैंकले १० प्रतिशत बोनस सेयर र ३.०६ प्रतिशत नगद गरी कुल १३.०६ प्रतिशत लाभांश वितरण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS