IME Life New

बीमा कम्पनीलाई म्युचुअल फण्ड सञ्चालन गर्न दिने प्रक्रिया अन्तिम चरणमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामूहिक लगानी कोष नियमावली २०६७ ले एक अर्ब वा सोभन्दा माथि चुक्ता पुँजि भएका बैंक तथा वित्तिय संस्थाहरुले मात्रै सञ्चालन गर्दै आएका म्युचुअल फण्ड अब बीमा कम्पनीहरुलाई पनि सञ्चालन गर्न दिइने भएको छ । त्यसको लागि नीतिगत समस्याहरु हल गरेर मार्ग प्रशस्त गर्ने अन्तिम तयारी भइरहेको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।
बोर्डका सह–प्रबक्ता रुपेश केसीले इन्स्योरेन्स खवरसँग भने, ‘बजेट उल्लेख भएको बीमा कम्पनीहरुलाई म्युचुअल फण्ड सञ्चालन गर्न दिने कुराको धेरै गृहकार्य भइसकेको छ । अब अन्तिम चरणमा पुगेको छ, स्वीकृति भएर आएपछि हामीले सार्वजनिक रुपमै जानकारी गराउँदछौं ।’

नेपाल धितोपत्र बोर्डले आवश्यक न्यूनतम योग्यता पुगेका बीमा कम्पनीहरुले सामूहिक लगानी कोष नियमावली अन्तर्गत रहेर लगानी गर्न सक्ने व्यवस्था सहितको नियमावली संशोधनको प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ ।

Esewa
Crest

राष्ट्र बैंकले भने अघिल्लो वर्षसम्म वाणिज्य बैंकलाई मात्रै त्यस्तो फण्ड सञ्चालन गर्न पाउने व्यवस्था गरिएको भए पनि यो वर्षदेखि भने विकास बैंक तथा फाइनान्स कम्पनीका लागि समेत त्यस्तो व्यवस्था गर्न दिने व्यवस्था गरेको छ । बोर्डले म्युचुअल फण्ड सञ्चालनको कार्यविधिलाई खुकुलो बनाउँदै बीमा कम्पनीहरुलाई पनि लगानीको लागि मार्ग प्रशस्त गर्न लागेको हो ।

अहिलेको व्यवस्था अनुसार एक अर्ब वा सो भन्दा बढी चुक्ता पुँजी भएका संस्थाले पछिल्लो पाँच वर्षसम्म निरन्तर सञ्चालन भई अन्तिम तीन वर्षको वित्तीय विवरणमा सञ्चालन मुनाफा देखिएका संस्थाले सामूहिक लगानी कोष सञ्चालन गर्न पाउने व्यवस्था छ । बोर्डले यही व्यवस्थालाई कायम राखेर बीमा कम्पनीहरुलाई समेत लगानी गर्ने बाटो खोल्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS