IME Life New

ज्ञानेन्द्र शाहीमाथि आक्रमणमा संलग्न युवा प्रहरीद्वारा पक्राउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भ्रष्टाचार, बेथितीको विरुद्धमा देशव्यापी अभियानहरु सञ्चालन गर्दै आएका ज्ञानेन्द्र शाहीमाथि शनिबार चितवनमा संघातिक आक्रमण भएको छ । सो आक्रमणमा संलग्न एक युवालाई चितवन प्रहरीले पक्राउ गरेको छ । यद्यपि प्रहरीले भने सो सम्बन्धमा कुनै विवरण सार्वजनिक गरेको छैन ।चितवनस्थित स्थानीय पत्रकारहरुले भने प्रहरीले घटनास्थलबाटै केही युवालाई पक्राउ गरेको जनाएका छन् । घटनामा संलग्न एक युवालाई प्रहरी पक्राउ गरी ल्याउँदै गरेको दृष्य सार्वजनिक भएको छ । पक्राउ परेका व्यक्ति को हुन् भन्ने खुल्न सकेको छैन । सामाजिक सञ्जालमा नेकपा सम्बद्ध नेता कार्यकर्ताहरुले आक्रमण गरेको भन्दै चर्को विरोध भइरहेको छ । नेकपा (नेकपा) सम्बद्ध केही युवा तथा बुद्धिजीवीहरुले भने आक्रमण गलत भएको भन्दै दोषी जोसुकै भएपनि कारवाही हुनुपर्ने माग गरिहेका छन् । त्यस्तै नेपाली कांग्रेसका युवा नेताहरुले समेत शाहीमाथि भएको आक्रमणलाई ‘कारता’को संज्ञा दिएका छन् ।

Esewa
Crest

शनिबार विहान अभियानले चितवनको भरतपुरस्थित चौविसकोठी भन्ने स्थानमा ‘भष्ट्राचार, वेथिती र लुटतन्त्रको विरोधमा नागरिक खबरदारी’ सभा आयोजना गरेको थियो । सो सभामा भाग लिन हजारौं मानिसहरु पुगेका थिए । मध्यान्हको समयमा कार्यक्रम सुरु हुनै लाग्दा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध युवाहरुको समूह कार्यक्रम स्थलमा पुगेर बिथोलेपछि आयोजकले कार्यक्रम स्थगित गरी काठमाडौं फर्कने तयारी गरेकै बेला ज्ञानेन्द्र शाही शाहीमाथि चितवनस्थित होटल ग्लोबलमा रड तथा ढुंगामुढा प्रहारी घाइते बनाएका थिए । घाइते शाहीलाई चितवनमा प्रारम्भिक उपचार गरी थप उपचारको लागि काठमाडौं पठाइएको छ । शाहीको बीमा स्वास्थ्य बीमा छ वा छैन तथा उपचार खर्च कसले व्यहोर्छ भन्ने खुलेको छैन ।

स्मरणरहोस्, अभियान्ता ज्ञानेन्द्र शाही यसअघि पर्यटन मन्त्री योगेश भट्टराईले नेपालगन्जबाट काठमाडौं आउने जहाज एक घण्टासम्म पर्खाएको भन्दै जहाजभित्रै मन्त्रीसँग जुहारी खेल्ने व्यक्ति हुन् । सोही कारण उनी विवादमा समेत आएका थिए भने सत्तारुढ दल नेकपा(नेकपा)ले पोखरालगायतका स्थानमा प्रवेश निषेध गर्ने चेतावनी समेत दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS