काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले सगरमाथा सेक्युरिटिजलाई निलम्बन गरेपछि भोलि मंगलवार सो कम्पनील्े कारोवार गर्न नपाउने भएको छ ।
ब्रोकर कम्पनी सगरमाथाले धितोपत्र विनियमावलीविरुद्ध कार्य गरेकोले निलम्वनमा परेको हो । नेप्सेका अनुसार सगरमाथाले धितोपत्र बजारको सदस्य तथा कारोबार विनियमावली २०५५ को विनियम ११ (२) १ (ई)मा भएको व्यवस्था विपरित कार्य गरेको भन्दै मंगलबारको लागि मात्रै सदस्यताबाट निलम्बन गरेको सोमबार एक सूचनामार्फत जनाएको छ ।