चितवन । प्रभु बैंकले चितवनको इच्छाकामना गाउँपालिकाको कुरिनटारमा १९६ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
कुरिनटार शाखा कार्यालयको उद्घाटन इच्छाकामना गाउँँपालिकाका अध्यक्ष श्रीमती गीता कुमारी गुरुङले गरेकि हुन् ।
बैंकले हाल १९६ शाखा, ३४ एक्टेन्सन काउन्टर, १९ शाखा रहित बैंकिङ सेवा तथा १५२ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
बैंकको कुरिनटार शाखा कार्यालयबाट स्थानीय बासिन्दा, सर्वसाधारण, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।