काठमाडौं । सिटिजन्स बैंकको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने सोमबार (आज) अन्तिम दिन हो । बैंकले असोज १० गते हुने सभा प्रयोजनका लागि मंगलबार ९भदौ ३१ गते० बुक क्लोज गर्दैछ ।
सोमबारसम्म कायम रहेको सेयरधनीले मात्र १५ प्रतिशत लाभांश सुरक्षित गर्नेछन् । बैंकले गत वर्षको नाफाबाट १२ प्रतिशत नगद र ३ प्रतिशत बोनस सेयर गरी कुल १५ प्रतिशत दिने निर्णय गरेको छ ।
सभामा सञ्चालक समितिका अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन तथा २०७५।७६ को नाफा नोक्सान हिसाब किताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । सभाले २०७६।७७ को लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्नेछ ।
उपयुक्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्न–गाभिन परेमा प्रारम्भिक सम्झौताका लागि सञ्चालक समितिलाई अख्तिायारी दिने एजेन्डा पनि छ ।