IME Life New

नेप्सेसँग बोर्डले माग्यो सात दिनभित्र ८ प्रश्नको जवाफ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकलाई ब्रोकर लाइसेन्स वितरणका सम्बन्धमा भएका प्रगति विवरण तथा विभिन्न निर्देशन कार्यान्वयन गर्ने सम्बन्धमा नेपाल धितोपत्र बोर्डले ७ दिन भित्र बोर्डलाई विभिन्न ८ प्रश्नको जवाफ उपलब्ध गराउनका लागि नेप्सेलाई निर्देशन दिएको छ ।

बैंकलाई ब्रोकर लाइसेन्स वितरण प्रक्रिया अघि बढिसकेको अवस्थामा पनि अर्थ समितिको निर्देशन भन्दै नेप्सेले यस विषयलाई वेवास्था गर्दै पछि हटेको थियो । सोही अनुरुप बोर्डले आर्थिक वर्ष २०७४ /७५ मा दिएको निर्देशन तथा पूँजी बजारमा देखिएका प्रवृतिहरुको सम्रग मुल्याकन गरी वित्तीय स्थायित्व एवम लगानीको लागि स्रोत व्यवस्थापन सम्बन्धी सुझाव समितिले कार्यान्वयन गर्ने सम्बन्धमा वा कार्यान्वयन नभएको विभिन्न निर्देशनहरुमध्ये यी आठ विषयमा भएको पछिल्लो अवस्थाको बारेमा बोर्डले नेप्सेलाई जवाफ पेश गर्न निर्देशन दिएको हो ।

Esewa
Crest

नेपाल धितोपत्र बोर्डले आइतबार निर्देशन जारी गर्दै मापदण्ड पूरा गरेका बैंकहरुको सहायक कम्पनीमार्फत ब्रोकर लाइसेन्स वितरण कार्य कहाँ पुग्यो तथा पछिल्लो प्रगतिको अवस्थाको बारेमा नेप्सेलाई ७ दिन भित्र जवाफ उपलब्ध गराउन भनिएको छ ।

त्यस्तै, संघीय संरचना अनुसार प्रदेशहरुमा उपत्यका बाहिर ब्रोकर लाइसेन्स वितरण कार्यको प्रगति कहाँ पुग्यो त्यसको जानकारी समेत दिन बोर्डले नेप्सेलाई निर्देशन दिएको छ ।

यसैगरी, लगानीकर्ता हित संरक्षण कोष स्थापना गर्ने कार्यको प्रगति समेत बोर्डले मागेको छ । साथै, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष तथा धितोपत्र व्यवसायीहरुलाई सेक्युरिटिज डिलर प्रवेशका कामको प्रगतिको सम्बन्धमा पाि बोर्डले नेप्सेलाई ७ दिनभित्र सिफारिस गर्नको लागि माग गरेको छ ।

ओटीसी बजार गतिशील बनाउन, नेप्सेको स्वचालित कारोबार प्रणाली (नट्स) लाई बैंक र सीडीएसको प्रणालीमा पूर्ण रुपमा सञ्चालन गर्ने, अनलाइन प्रणालीको सिस्टम अडिट गर्ने लगायतका सम्पुर्ण सुधारका जानकारीहरु बोर्डले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS