IME Life New

निर्धन उत्थान वित्तीय संस्थाद्धारा व्यवसायिक कुखुरा पालन तालिम शुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्धन उत्थान लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय सन्धिखर्क अर्घाखाँचीको आयोजनामा यही भाद्र २६ गते देखि तीन दिने व्यवसायिक कुखुरापालन तालिम सुरु दिन सुरु गरेको छ । सन्धिखर्कमा शुरु भएको कार्यक्रमको सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुर कुमार बिक ‘किशोर’ले उदघाट्न गरे ।

निर्धन उत्थान लघुबित्त बित्तीय संस्था शाखा कार्यालय सन्धिखर्कका शाखा प्रमुख शंकरकान्त न्यौपानेको अध्यक्षतामा शुरु भएको कार्यक्रममा पत्रकार महासंघ अर्घाखांची जिल्ला उपाध्यक्ष गणेश खनाल, सन्धिखर्क नगरपालिका वार्ड नं. १ का वडाध्याक्ष युवराज बन्जाडे, निर्धन उत्थान लघुबित्त बित्तीय संस्था क्षेत्रिय कार्यालय भैरहवाका कार्यक्रम अधिकृत प्रेम प्रसाद सुबेदी, जिल्ला पशु तथा भेटेनरी कार्यालयका प्रशिक्षकद्धय योगेन्द्र प्र. मरासिनी तथा बिजय खनाल, निर्धन उत्थान शाखा कार्यालय सन्धिखर्कका कर्मचारी ६ जना र बिभिन्न समुहबाट तालिममा सहभागी सदस्य तथा अभिभावक र ३० जना गरि कुल ४३ जनाको उपस्थिती रहेको थियो ।

Esewa
Crest

शाखा कार्यालय सन्धिखर्कका कर्मचारी चन्द्रबदन मिश्रले कार्यक्रममा स्वागत मन्तब्य दिनु भएको थियो । निर्धन उत्थान लघुबित्त बित्तिय संस्था क्षेत्रिय कार्यालय भैरहवाका कार्यक्रम अधिकृत प्रेम प्रसाद सुबेदीले संस्थाको २०४९ साद देखीको यो यात्रामा देशका ७७ जिल्लामा रहेको १८१ वटा शाखा कार्यालयमा हाल ३,५८,६०१ जना सदस्य आवद्ध रहेका, १९ अर्व भन्दा बढी लगानीमा रहेको कर्जा रहेको, ११ अर्व भन्दा बढी बचत तथा निक्षेप रहेको र ग्राहकको माग बढी रहेको सन्दर्भमा नपुग पुंजिको स्रोत परिपुर्ति गर्न बिभिन्न बाणिज्य बैंकहरुबाट सापटि लिएर ग्राहकको आवश्यकता पुरा गर्दै आएको जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथी उपमेयर ठाकुर कुमार बिकले अर्घाखांची जिल्लाका ३ वटा स्थानिय निकायमा यस संस्थाको कार्यक्रम रहेको जानकारी भएकाले यस जिल्लाका सबै स्थानिय निकायमा कार्यक्रम बिस्तार आग्रह गरे । संस्थाले यस किसिमको तालिम आयोजना गर्नु आफैंमा स¥याहनिय कार्य भएकोले आउंदा दिनमा नगरपालिकासँग समन्वय गरि कार्यक्रम आयोजना गरेमा नगर पालिकाले समेत बित्तिय तथा गैर बित्तिय सहयोग प्रदान गरि कार्यक्रम पश्चात नियमित अनुगमन गर्ने बताए । ग्राहक सदस्यले क्षमता अनुसार कर्जा लिने र कर्जालाई उत्पादन मुलक क्षेत्रमा लगानी बढाउन आग्रह गर्दै कार्यक्रमको सफलताको कामना गरे ।

कार्यक्रमको अध्यक्षता गरेका शाखा प्रमुख शंकर कान्त न्यौपानेले सबै अतिथि तथा बिशिष्ट अतिथिलाई धन्यवाद दिंदै तालिम भब्य रुपमा सफल पार्न सम्पुर्ण सहभागीहरुलाई आग्रह गर्दै तालिमलाई उपलब्धीमुलक बनाउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS