IME Life New

मलोसियाको रोजगारी खुल्यो, म्यादी बीमा कारोबार बढ्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगार खुला गर्न सहमति भएको छ । मलेसियाको राजधानी क्लाललम्पुरमा आज भएको दुई देशबीचको वार्तामा बन्द रहेको मलेसियाको रोजगारी खुलाउन दुवै देश सहमत भएका हुन्।  नेपाली श्रमिकहरुको आकर्षक गन्तव्य मानिएको मलेसिया खुलेसँगै म्यादी बीमाको कारोबार पनि बढ्ने भएकोे छ ।

नेपाल र मलेसियाको श्रम मन्त्रालयका सहसचिव स्तरीय प्राविधिक समितिको वार्तामा तत्कालै मलेसियाको रोजगारी खुला गर्ने सहमति भएको हो । सम्झौतासँगै नेपालबाट नयाँ कामदार कामदार मलेसिया जान पाउनेछन् । २०७५ साल जेठ २१ गतेदेखि बन्द रहेको मलेसिया खुल्ला गर्ने सहमति भएको हो ।

Esewa
Crest

कामदारहरु अब शून्य लागतमा मलेसिया जान पाउनेछन् । कामदार जाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्नेछ भने मेडिकलमा भएको खर्च पनि पहिलो महिनाको तलब दिने समयमा रिफन्ड गर्ने समझदारी दुई देशबीच भएको छ ।

श्रम मन्त्रालयका अनुसार सहमतिअनुसार नेपालले सूचीकरण गरेका ८६ वटा नयाँ स्वास्थ्य संस्था थप्ने प्रक्रिया मलेसियाले आगामी नोभेम्बर पहिलो हप्ताबाट सुरु गर्नेछ । साथै अब मलेसिया जाने नयाँ कामदारको रोजगारी शून्य लागत, स्वास्थ्य परिक्षणको सिण्डिकेट अन्त्य, नेपाली कामदारको सामाजिक सुरक्षाको ग्यारेन्टी हुने जनाइएको छ ।

बीमा समितिको तथ्याङक अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा बीमा कम्पनीहरुले वैदेशिक रोजगारीमा बीमा मार्फत दुई अर्ब ३१ करोड ६९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

मलेसियामा रोजगारीको बाटो खुला गरेसँगै भिषा आएर पनि प्रक्रिया रोकिएर बसेका हजारौं श्रमिकहरु मलेसियातर्फ जानेछन् । नेपालबाट विदेश जाने कामदारले म्यादी जीवन बीमा गर्नु अनिवार्य छ । विदेश जाने कामदारको संख्या बृद्धि हुँदा म्यादी जीवन बीमा आम्दानी समेत बृद्धि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS