IME Life New

बीमा समितिद्वारा नयाँ बीमाङ्कीय मूल्याङ्न निर्देशिका जारी, ९०% बचत जीवन बीमा कोषमा दाखिला अनिवार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिले बीमा कम्पनीहरुमा गरिने बीमाङ्कीय मूल्याङ्कनको लागि नयाँ निर्देशिका जारी गरेको छ । यसअघि जारी गरेको निर्देशिकालाई संशोधन तथा परिमार्जनसहित मंगलबार जारी नयाँ निर्देशिकाले व्यवसायबाट बचत भएको रकमको जीवन बीमा कोषमा ९० प्रतिशत रकम जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । यसअघि २०६५ सालमा जारी निर्देशिकालाई प्रतिस्थापन गर्दै नयाँ निर्देशिका जारी गरेको हो ।

बीमा समितिले मंगलबार जारी गरेको बिमाङ्कीय मूल्याङ्कन निर्देशिका,२०७६ मा जीवन बीमा कोषमा रकम जम्मा गर्दा अपनाउने विधिलाई सामान्य संशोधन गरेको छ । समितिले आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी निर्देशिका २०६५ लाई परिमार्जन गरी बिमाङ्कीय मूल्याङ्कन निर्देशिका, २०७६ जारी गरेको हो ।

Esewa
Crest

मंगलबार जारी नयाँ निर्देशिका अनुसार जीवन बीमा गर्ने बीमितहरुलाई थप बोनस पाउने देखिएको छ भने नाफामा संकुचन हुने देखिएको छ । नयाँ निर्देशिकामा भनिएको छ, ‘बिमाङ्कीको मूल्याङ्कन प्रतिवेदन बमोजिम जीवन बीमा व्यवसायमा भएको बचत (कर्मचारीलाई बोनस छुट्टयाउनु अगाडि) को घटिमा ९० प्रतिशत बीमालेख लिनेको कोष (जीवन बीमा कोष)मा सार्नुपर्नेछ ।’ सोही निर्देशिकाको दफा ५ को उपदफा ४ मा जीवन बीमा कोषमा सारिएको रकम शेयरधनी कोषमा फिर्ता ल्याउन नपाइने उल्लेख छ ।

त्यस्तै बीमितलाई बोनस दिँदा बीमाङ्की मूल्याङ्कन अवधीको सुरु मितिदेखि नै लागू हुने गरी दिनुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS