IME Life New

बीमा समितिद्वारा ब्याकडेटेड बीमालेख जारी नगर्न निर्देशन, एकल बीमामा ऋण लिन महिना दिन पुग्नैपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कारोबारमा अनेकन बेथितिहरु भित्रन थालेपछि नियमनकारी निकाय बीमा समितिले १९ वटै कम्पनीहरुलाई ब्याक डेटेड बीमा पोलिसी जारी नगर्न कडा निर्देशन दिएको छ ।

बीमा समितिले १९ वटै जीवन बीमा कम्पनीका नाममा यही भदौं १६ गते जारी गरेको निर्देशनमा एकल जीवन बीमा गराई तत्कालै ऋण लिने गलत संस्कार रोक्न भनेको छ । गत भदौं १२ गते बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईसहितको उपस्थितिमा सबै जीवन बीमा कम्पनीका सिईओहरुसँग भएको छलफलमा समेत समितिले निर्देशन दिएको स्मरण गराउँदै कार्यकारी निर्देशक राजुरमण पौडेलद्वारा हस्ताक्षरित निर्देशनमा भनिएको छ, ‘एकल बीमा शुल्कको हकका व्यक्तिगत रुपमा जारी भएको बीमालेख एक महिना पूरा भएपछि मात्रै ऋण सुविधा दिने गरी व्यवस्था गर्न र त्यस्तो बीमालेख ब्याकडेटेडर नगर्ने भनि निर्णय भएको हुँदा सोही बमोजिम कार्य गर्नु गराउनु हुन जानकारी गराइन्छ ।’

Esewa
Crest

जीवन बीमा क्षेत्रमा ब्याकडेटेड बीमा पोलिसी जीवन बीमा क्षेत्रमा गलत संस्कारको रुपमा हुर्कदै गएकोले यस्तो निर्देशन दिनु परेको बीमा समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS