काठमाडौं । केही दिन अघि नेपाली बैंकका एटिएम काउन्टर ह्याकिङले थपेको साईबर सुरक्षा चुनौतिबारे बुधबार नेशलन बैंकिङ् इन्टिच्यूटको आयोजनामा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपालका अधिकांश बाणिज्य बैंक तथा विकास बैंकका प्रतिनिधिहरु सहभागी भएको अन्तरक्रिया कार्यक्रममा भैरव टेक्नोलोजीका को फाउण्डर बिजय लिम्बु तथा थ्रेट मिक्सका कोफाउण्डर सचिन ठकुरीले साईबर आक्रमणको तरिका र यसबाट बच्ने उपायका सम्बन्धमा प्रशिक्षण दिएका थिए ।
अन्तरक्रिया कार्यक्रममा बैंकिङ सिष्टमलाई कसरी जोगाउन सकिन्छ तथा समस्या आएकोमा आगामी कदम कस्तो हुन्छ भन्ने विषयमा छलफल भएको एनबीआईले जनाएको छ । एनबीआईकी कार्यक्रम प्रमुख करुणा तुलाधरले अन्तरक्रिया कार्यक्रम साईबर सुरक्षामा केन्द्रीत रहेर हालै भएको बैंकको सिष्टम ह्याक प्रति लक्षित गरिएको जानकारी दिईन् ।