IME Life

नेपाली आकाशमा हुनै लागेको हवाई दुर्घटना टर्यो, लुक्लामै इन्जिन फेल, सिंगल इन्जिनको भरमा काठमाडौंसम्म

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बुधबार विहान नेपाली आकाशमा हुन लागेको हवाई दुर्घटना टरेको छ । लुक्लाबाट उडेको ९एन–एजेएच कलसाईन भएको जहाज यात्रु नलिई काठमाडौंका लागि उडेको थियो । विहान करिब ७ः०० यात्रु लिई काठमाडौंबाट लुक्ला पुगेको जहाज काठमाडौं फर्कने यात्रु नहुँदा रित्तै काठमाडौंका लागि उडेको थियो । लुक्लाबाट उडेको तीन मिनेटमै जहाजको एउटा इन्जिन बन्द भएकोपछि तत्कालै चालक दलले आपतकालिन सेवा माग गरेका थिए । जहाजको कमाण्ड गरिरहेका पाईलटले तत्कालै काठमाडौंस्थित टावरमा सम्पर्क गरी जहाजको एउटा इन्जिन बन्द भएको र बाँकी रहेको एउटा मात्रै इन्जिनको भरमा आफू काठमाडौं आउन लागेको सूचना दिए । लुक्ला काठमाडौंको दुरी २५ मिनेटको छ । जहाजले करिब २२ मिनेट एउटा मात्रै इन्जिनको भरमा यात्रा तय गरेको थियो ।

१८ सिट क्षमताको डोर्निएर जहाजको दुवै इन्जिन आकाशै बन्द भएपछि नजिकैको समथर स्थलमा ग्लाईडिङ गरेर फोर्स ल्याण्ड गर्न मिल्छ । तर, त्यसको लागि चालकको उच्च मनोबल र कुशलता आवश्यकता पर्छ ।

Prabhu
Crest

काठमाडौंस्थित विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले पनि आकाशमा जहाजको इन्जिन फेल भएपछि कडा निगरानीमा राखेर जहाजको मनिटरिङ गरिएको बताए ।

चालक दलका सदस्यहरुले सकुशल जहाजलाई काठमाडौंस्थित विमानस्थलमा अवतरण गराउन सफल भएको सिता एयरले जनाएको छ । विमानस्थलले काठमाडौंमा अवतरण हुनुअघि नै आपतकालिन सबै सेवाहरुलाई तयारी अवस्थामा राखेर विहान ८ः४५ बजे आपतकालिन अवरण गराइएको विमानस्थल कार्यालय काठमाडौंले जनाएको छ ।

सिता एयरलाईन्सका अधिकारी घनश्याम आचार्यले आफ्ना कुशल चालक दलको दक्षताको कारण जहाज सकुशल काठमाडौंस्थित विमानस्थलमा अतवरण गरेको जानकारी दिए ।

 

सिम्रिक एयरको लोगोमा ९एन एजेएच जहाजको फाईल फोटो ।

डोर्निएर २२८–२१२ मोडलको जहाज सुधिर बस्नेतले सञ्चालन गरेको अग्नि एयरले अष्ट्रेलियाको तास्मानिया एयरलाईन्ससँग खरिद गरेर ल्याएको थियो । उक्त कम्पनी टाट पल्टेपछि सिम्रिक एयरले टेकओभर गरेको थियो भने केही पहिले सिम्रिकसँग सिता एयरले सो जहाज खरिद गरेको थियो । यसअघि पनि आकाशमै इन्जिन बन्द भएर एउटा इन्जिनको भरमा सकुशल अवतरण गरेको जहाज नेपाली आकाशमा आज दोस्रो पटक प्राविधिक समस्यामा परेको हो । यसअघि सन् २०१८ को फ्रेबुअरी २० का दिन काठमाडौंबाट लुक्ला जाने क्रममा जहाजको एउटा इन्जिन आकाशमै बन्द भएपछि तत्कालै एउटा इन्जिनको भरमा काठमाडौंस्थित विमानस्थलमै अवतरण गराइएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS