IME Life

११ वटा विकास बैंक मध्ये कसको मुनाफा कति ? मुक्तिनाथ र महालक्ष्मीबीच प्रतिस्पर्धा

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकहरु सबैले आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरिसकेको छन् । आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमाससम्मा राष्ट्रिय स्तरका ११ वटा विकास बैंकहरुले छ अर्ब १८ करोड ९६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०७४।०७५ को तुलनामा ११ विकास बैंकको नाफा ३२ दशमलव ८८ प्रतिशतले वढी हो । अघिल्लो आर्थिक वर्षमा राष्ट्रिय स्तरका ११ विकास बैंकको खुद मुनाफा चार अर्ब ६५ करोड ८० लाख रुपैयाँ थियो ।

बैंकहरुले प्रकाशन गरेको चौथो त्रैमासिक वित्तीय विवरणमा आधारित । रकम रु हजारमा ।

सबैभन्दा धेरै नाफा

Prabhu
Crest

११ वटा विकास बैंक मध्ये आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमाससम्ममा सबै विकास बैंकहरुको नाफामा बृद्धि देखिएको छ । सबैभन्दा धेरै नाफा मुक्तिनाथ विकास बैंकको रहेको छ । बैंकले आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमाससम्ममा ८५ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ६२ करोड २८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ३६ प्रतिशते बढी हो ।

ग्रोथको आधारमा
११ वटा विकास बैंकहरुमध्ये ग्रोथको आधारमा हेर्ने हो भने अघिल्लो आर्थिक वर्षको तुलनामा महालक्ष्मी विकास बैंकको ग्रोथ राम्रो देखिएको छ । बैंकले आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमाससम्मा ८० करोड ७५ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४५ करोड २१ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ७८ प्रतिशतले बढी हो ।

त्यसैगरी आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमाससम्ममा आइपुग्दा कामना सेवा विकास बैंकको नाफा भने घटेको छ । बैंकले आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमास सम्ममा आइपुग्दा ३२ करोड ५४ लानख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ३७ करोड ४७ लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफ १३ प्रतिशतले घटेको हो ।

गण्डकी विकास बैंक
आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमाससम्ममा आइपुग्दा गण्डकी विकास बैंकले ६० करोड ३७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४ दशमलव ८७ प्रतिशतले बढी हो ।

कैलाश विकास बैंक
आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमाससम्ममा आइपुग्दा कैलाश विकास बैंकले ६० करोड ५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ दशमलव ६४ प्रतिशतले बढीे हो ।

ओम डेभलपमेन्ट बैंक
आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमाससम्ममा आइपुग्दा ओम डेभलपमेन्ट बैंकले ५९ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१ दशमलव ८७ प्रतिशत बढी हो ।

गरिमा विकास बैंक
आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमाससम्ममा आइपुग्दा गरिमा विकास बैंकले ५९ करोड २२ लाख ६५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २६ दशमलव ३३ प्रतिशतले बढी हो ।

लुम्बिनी विकास बैंक
आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमाससम्ममा आइपुग्दा लुम्बिनी विकास बैंकले ५५ करोड ७३ लाख ८० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७१ दशमलव ८० प्रतिशतले बढी हो ।

ज्योति विकास बैंक
आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमाससम्ममा आइपुग्दा ज्योति विकास बैंकले ५० करोड ८१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा बैंकको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६ दशमलव ३४ प्रतिशतले बढी हो ।

देवः विकास बैंक
आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमाससम्ममा आइपुग्दा देवः विकास बैंकले ३८ करोड ९१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २ दशमलव ७२ प्रतिशतले बढी हो ।

सांग्रिला डेभलपमेन्ट बैंक
आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमाससम्ममा आइपुग्दा सांग्रिला डेभलपमेन्ट बैंकले ३५ करोड २६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४ दशमलव २४ प्रतिशत बढी हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS