IME Life New

पटक पटक ब्याज बृद्धि गरेको भन्दै बैंकर्स विरुद्ध कड्किए अर्थमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पनि बैंकर्सको गठनबन्धन शैलीको विरोध गर्दै पटक पटक ऋणको ब्याज बढाएर वर्षमै १०% प्रतिशतसम्म ब्याज बढाउने कार्य स्वीकार्य हुन नसक्ने प्रष्ट पारेका छन् ।

बैंकिङ क्षेत्रको नियमनकारी निकाय राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंकहरुको गलत क्रियाकलापको चर्को विरोध गरेको पर्सीपल्ट शुक्रबार अर्थमन्त्री डा. खतिवडाले पनि बैंकरहरुको आलोचना गरेका हुन् । बैंकहरुले मिलेमतोमा सरकार र राष्ट्र बैंकको नियमनलाई अटेर गर्दै आएका छन् ।

Esewa
Crest

शुक्रबार नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको ‘नेपालको अर्थतन्त्रका विद्यामान चुनौती तथा अवसर विषयक कार्यक्रममा अर्थमन्त्री डा.खतिवडाले बैंकहरुले पटक पटक ब्याज बृद्धि गर्ने शैलीका विरुद्धमा कड्किदै चर्को अभिव्यक्ति दिएका हुन् ।

कार्यक्रममा ब्याजदर बृद्धि गरेर बैंकहरुले व्यवसायीहरुलाई धुरुक्कै रुवाएको गुनासो आएपछि कड्किदै अर्थमन्त्री डा. खतिवडाले भने ‘नेपाली परिवेशमा निक्षेपको ब्याजदर भनेको ५–६ प्रतिशत ठिक्क हो । कर्जाको ब्याजदर भने ९ र १० को बीचमा हुनु उपयुक्त हुन्छ ।’ अर्थमन्त्री डा. खतिवडाले ब्याजदर स्थीर हुनुपर्ने धारणा राखेका छन् । कार्यक्रममा निकै कडा रुपमा प्रस्तुत भएका अर्थमन्त्री डा. खतिवडाले राजश्व छली गर्ने जोसुकै व्यवसायीलाई तह लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS