काठमाडौं । सिइवाईसी नेपाल लघुवित्तले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ । लघुवित्तले विभिन्न सेवा समूहमा सुपरिवेक्षक अधिकृत, शाखा प्रवन्धक, केन्द्र व्यवस्थापक, जुनियर केन्द्र व्यवस्थापक र सवारी चालकमा कर्मचारी माग गरेको हो ।
कम्पनीले १८ बर्ष देखि ३५ बर्ष ननाघेको र महिलाको हकमा ४० बर्ष ननाघेको आवेदकलाई बिशेष प्राथमिकता दिने सूचना मार्फत जानकारी दिएको छ ।साथै परिक्षामा छनोट भएको उम्मेदावरले मात्र परिक्षामा आवेदन दिन पाउने र परिक्षा दस्तुरबापत ५ सय रुपैयाँ आवेदकले कम्पनीको केन्द्रीय कार्यलयमा बुझाउनुपर्ने व्यवस्था गरेको छ ।
इच्छुक र योग्यता पुगेका उम्मेद्धवारले सूचना प्रकाशीत भएको १५ दिन सम्म कम्पनीको केन्द्रीय कार्यलय र अनलाइन मार्फत फारम भर्न सक्नेछन् ।