IME Life New

ग्लोबल आईएमई बैंक र आइएमई लाइफ इन्स्योरेन्सबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

ग्लोबल आइएमई बैंक र आइएमई लाइफ इन्स्योरेन्स बीच बिहीबार बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लि का सहायक महाप्रबन्धक दिनेश अमात्यले हस्ताक्षर गरेका हुन्।

सम्झौता पत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंक लि का १३१ वटै शाखाहरु मार्फत आइएमई लाइफ इन्सुरेन्स कम्पनीको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ ।

Esewa
Crest

सो सम्झौता पश्चात सर्वसाधरण तथा बैंकका ग्राहकहरुले ग्लोबल आइएमई बैंकको कुनै पनि शाखाबाट छिटो छरितो र सहज रुपमा आइएमईको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्ने बताइएको छ।

बैंकले १३१ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १३४ एटिएम, ५ वटा एक्सटेन्सन काउण्टर तथा १०० शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधिरसम्र्पक कार्यालय मार्पत आफ्ना ९ लाख भन्दा बढि आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टेलिया, बेलायत र भारतमा प्रतिनिधि सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS