IME Life New

जीवन बीमा कम्पनीहरुले गरे १ अर्ब व्यवस्थापन खर्च

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले एक अर्ब ९ करोड ५२ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेका छन् । कम्पनीहरुले प्रकाशित गरेको चालु आर्थिक बर्ष २०७५।७६ को चौथौे त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीहरुले उक्त रकम बराबर व्यवस्थापन खर्च गरेको देखिन्छ ।

Esewa
Crest

पुराना बीमा कम्पनीहरुले चौथौ त्रैमासको अन्त्यसम्ममा ६४ करोड ७९ लाख रुपैयाँ बराबर व्यवस्था खर्च गरेका छन् भने नयाँ १० जीवन बीमा कम्पनीहरुले जीवन बीमा कम्पनीहरुले चौथौ त्रैमासको अन्त्यसम्मा ४४ करोड ७२ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेका छन् ।

जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाईफ इन्स्योरेन्स, लाईफ इन्स्योरेन्स कर्पोरेशन र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले व्यवस्थापन खर्च धेरै गरेको देखिन्छ ।

नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले चौथौ त्रैमासको अन्त्यसम्मा २२ करोड ४५ लाख रुपैयाँ, लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले ९ करोड ८१ लाख रुपैयाँ र नेशनल लाईफ इन्स्योरेन्सले सात करोड ५१ लाख ९४ हजार रुपैयाँ व्यवस्थापन खर्च गरेको तथ्यांकले देखाएको छ ।

त्यसैगरी, एशीयन लाईफ इन्स्योरेन्सले पाँच करोड ७४ लाख ५० हजार रुपैयाँ व्यवस्थापन खर्च गरेको चौथौ त्रैमासको तथ्यांकले देखाएको छ ।

प्राईम लाईफले ५ करोड ३२ लाख रुपैयाँ, सूर्या लाईफले चार करोड ८९ लाख रुपैयाँ, मेट लाईफले चार करोड ३६ लाख रुपैयाँ, गुराँस लाईफले दुई करोड ६८ लाख रुपैयाँ र सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान दुई करोड रुपैयाँ व्यवस्थापन खर्च गरेका छन् ।

नयाँ १० वटा जीवन बीमा कम्पनीहरुमध्ये रिलायन्स लाईफ, प्रभु लाईफ इन्स्यारेन्स र युनियन लाईफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै व्यवस्थापन खर्च गरेका छन् ।

रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीले चौथौ त्रैमासको अन्त्यसम्मा ११ करोड ८६ लाख ७ हजार रुपैयाँ व्यवस्थापन खर्च गरेको छ । प्रभु लाइफ इन्स्योरेन्सले सात करोड ७६ लाख ८१ हजार रुपैयाँ व्यवस्थापन खर्च गरेको छ ।

त्यसैगरी आइएमई लाईफ इन्स्यारेन्सले चार करोड ७६ लाख रुपैयाँ, ज्योति लाईफ इन्स्यारेन्सले दुई करोड ९६ लाख ९१ हजार रुपैयाँ र सन नेपाल लाईफ इन्स्यारेन्सले दुई करोड ६० लाख ९६ हजार रुपैयाँ र रिलायबल नेपाल लाईफले दुई करोड ५७ लाख ९० हजार रुपैयाँ, सिटिजन लाईफले दुई करोड २७ लाख, सानिमा लाईफले १ करोड ८३ लाख रुपैयाँ र महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले ८५ लाख रुपैयाँ ३१ हजार रुपैयाँ व्यवस्थापन खर्च गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS