IME Life New

राप्ती अस्पतालका डाक्टरद्वारा सामूहिक राजिनामा, स्वास्थ्य बीमा सेवा प्रभावित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान (राप्ती उपक्षेत्रीय अस्पताल) मा कार्यरत सबै डाक्टरहरुले व्यवस्थापनप्रति असन्तुष्टी जनाउँदै आज विहान सामूहिक राजिनामा दिएका छन् ।

पुरानो अञ्चल अस्पताललाई स्वायत्त रुपमा सञ्चालन गरिएकोमा उपकूलपति डा. संगिता भण्डारी तथा अन्य सञ्चालकले चर्को दमन गरेको भन्दै डाक्टरहरुले आज सामूहिक राजीनामा दिएका हुन् । डाक्टरहरुले सामूहिक राजिनामा दिएपछि अस्पतालको सेवा प्रभावित भएको छ ।

Esewa
Crest

उपकूलपति डा. भण्डारीले चिकित्सकहरुलाई मानसिक यातना दिएको, धम्की दिएको, बिरामी जाँच्न नदिएको जस्ता आरोपहरु लगाइएको छ । अस्पतालको सेवा ठप्प भएपछि स्वास्थ्य बीमाको लागि उक्त अस्पताललाई केन्द्र तोकेका बिरामीहरु मार परेका छन् । स्वास्थ्य बीमा सेवा लिएका सेवाग्राहीले तोकिएको अस्पतालमा उपचार गराई जटिल रोग देखिएमा सोही अस्पतालले अन्य अस्पतालमा सिफारिस गर्नुपर्ने व्यवस्था छ । डाक्टरहरुको आन्दोलनसँगै विरामी जाँच प्रभावित भएको छ भने स्वास्थ्य बीमाका सेवाग्राही झनै समस्यामा परेका छन् ।

सो अस्पतालमा कार्यरत विभिन्न रोगका २५ विशेषज्ञ चिकित्सकले एकैपटक राजीनामा दिएका छन् । राजिनामा दिनेहरुमा अधिकांश एमबिएस र एमडी डाक्टरहरु छन् ।

डा. जीतनारायण यादव, डा. दिनेश उप्रेती, अर्थोपेडिक डा. ओम अर्याल, डा. अनिलप्रसाद यादव, डा. सागर पन्थी, रेडियोग्राफी डा. रामेश्वर देवकोटा, डा. विक्रम बुढाथोकी, एनेस्थेसियालोजिष्ट डा. सुरेन्द्र कुवर, डा. राजन शाक्य, पेडियाट्रिकस डा. कृष्णहरि सुवेदी, गाईनेकोलोजिष्ट डा. वसन्त लामिछाने, सर्जन डा. ईश्वरी भुसाल, डा. अमित लाम्गाडे, डर्माटोलिजिष्ट डा. जेम महर्जन र कम्युनिटी मेडिसिन डा. वर्षा मानन्धरले आज राजिनामा दिएका हुन् ।

राजिनामा दिने मेडिकल अधिकृतहरु डा. अभ्यास पोखरेल, डा. कृष्ण रिजाल, डा. गौरव आचार्य, डा. अनिल खाम, डा. धना केसी, डा. प्रितम डिसी, डा. राजेन्द्र फुलारा, डा. आयुष पौडेल उपाध्याय, डा. सुर्वण बुढा र डा. मनोज यादव रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS