IME Life New

मर्जरको एजेन्डा सहित एभरेष्ट इन्स्योरेन्सको साधारणसभा असोज १ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । एभरेष्ट इन्स्योरेन्सले असोज १ गते २४ औँ वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीको भदौँ ५ गते बसेको सञ्चालक समितिको ९७ औँ बैठकको निर्णयले काठमाडौँको कमलपोखरी स्थित अग्रवाल भवनमा दिउँसो २ बजे गर्ने भएको हो ।

सभामा कम्पनीले आर्थिक बर्ष २०७४/७५ को बार्षिक प्रतिवेदन, वित्तीय विवरण पारित गर्ने छ भने गत आर्थिक बर्षको लागि लेखापरिक्षकको नियुक्ति गर्ने छ ।

Esewa
Crest

त्यस्तै सभामा नियामकको निर्देशन बमोजिम प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, विविध लगानीका क्षेत्रहरु थप गर्ने विशेष प्रस्ताव पेश हुने छ ।

त्यस्तै सभाले निर्जीवन बीमा ब्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धि आवश्यक निर्णय गर्ने सम्पूर्ण अधिकार संचालक समितिलाई दिने छ ।

सभा प्रयोजनको लागि कम्पनीले भदौ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । भदौ १९ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS