IME Life New

१८ बीमा कम्पनीको कूल दावी भुक्तानी झण्डै १९ अर्ब, कुन बीमा कम्पनीको कति ? (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सञ्चालनमा रहेका १९ वटै जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणमा सबै कम्पनीको कूल बीमा दावी भुक्तानी बृद्धि भएको देखिएको छ । वित्तीय विवरण सार्वजनिक भइरहेकै सन्दर्भमा कूल दावी भुक्तानीको आधारमा हामीले जीवन बीमा कम्पनीहरुको समिक्षा गर्ने प्रयास गरेका छौं ।

१८ वटा बीमा कम्पनीहरुले कूल १८ अर्ब ८१ करोड ४७ लाख ५४ हजार रुपैयाँ बीमा दावी भुक्तानी गरेका छन् । नयाँ कम्पनी महालक्ष्मीको बीमा दावी भुक्तानी शून्य छ । नयाँ र पुराना कम्पनीका बीचमा तथ्याङ्क विश्लेषण गर्नु उचित नहुने भएकोले नयाँ र पुराना कम्पनीको अलग–अलग विश्लेषणको प्रयास गरिएको छ । आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्मको अवधिसम्म आइपुग्दा १९ वटा कम्पनीहरुले १६ अर्ब ४० करोड रुपैयाँ बराबरको कुल लाखी भुक्तानी गरेका छन् । कुल दाबी भुक्तानी शिर्षकमा बीमा कम्पनीहरुले गरेको भुक्तानीको अवस्थाबारे इन्स्योरेन्स खवरले गरेको अध्ययनः

Esewa
Crest

नयाँ जीवन बीमा कम्पनी
हाल नेपाली बीमा बजारमा १० वटा नयाँ जीवन बीमा कम्पनीहरु संचालनमा रहेका छन् । सबै नयाँ जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७५।७६ को वित्तीय विवरण प्रकाशित गरिसकेका छन् ।

स्रोतः बीमा कम्पनीहरुले प्रकाशित वित्तीय विवरण । रकम रु हजारमा ।

आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमाससम्मको अवधिसम्म आइपुग्दा १० वटा नयाँ जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै कुल दाबी भुक्तानी गर्ने रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । जसले आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमाससम्म आइपुग्दा १२ करोड ४५ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले एक करोड २२ लाख रुपैयाँ खुद दाबी भुुक्तानी गरेको थियो ।

त्यसैगरी सबैभन्दा धेरै दाबी भुक्तानी बढाउने कम्पनीमा रिलानयन्स लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । त्यस्तै आईएमई लाईफले तीन करोड ४८ लाख ६५ हजार रुपैयाँ कूल दावी भुक्तानी गरेको छ । त्यसैगरी नेपाली बीमा बजारको कान्छो जीवन बीमा कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्सको कुल दाबी भुक्तानी छैन् किनभने यो भर्खरै स्थापना भएको कम्पनी हो ।

पुराना जीवन बीमा कम्पनी

स्रोतः बीमा कम्पनीहरुले प्रकाशित वित्तीय विवरण । रकम रु हजारमा ।

आर्थिक वर्ष २०७५र ७६ को चौथो त्रैमाससम्मको अवधिसम्म आइपुग्दा वित्तीय विवरण प्रकाशित गरेका ९ वटा पुराना जीवन बीमा कम्पनी भएपनि कुल दाबी भुक्तानीको आधारमा ८ वटा कम्पनीहरुमध्ये सबैभन्दा धेरै एलआइसी नेपाल इन्स्योरेन्सको कुल दावी भुक्तानी ८६ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमाससम्म आइपुग्दा तीन अर्ब ३९ ११ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षमा कम्पनीले एक अर्ब ८१ करोड ३८ लाख रुपैयाँ मात्र कुल दाबी भुक्तानी गरेको थियो ।

त्यस्तै नेपाल लाईफ इन्स्योरेन्सले झण्डै आठ अर्ब अर्थात सात अर्ब ५९ करोड रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । दोस्रोमा मेट लाइफ रहेको छ, उसको कुल दावी भुक्तानी दुई अर्बभन्दा माथि छ भने नेशनल लाईफले दुई अर्ब ६५ करोड २८ लाख छ । अघिल्लो वर्षभन्दा ६४ करोडले बृद्धि भएको छ । त्यस्तै एशिएनले १ अर्बभन्दा बढि कुल दावी भुक्तानी गरेको छ ।

त्यस्तै, प्राइम लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कुल दाबी भुक्तानी २४ प्रतिशतले, नेपाल लाइफ इन्स्योरेन्सले २२ प्रतिशतले, सूर्या लाइफले २५ प्रतिशतले, गुराँस लाइफले ६६ प्रतिशतले कुल दाबी भुक्तानी बृद्धि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS