IME Life New

चाडपर्वको मुखमा सानिमा लाईफको नयाँ बीमा योजना, वार्षिक धन फिर्ता पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालीहरुले राष्ट्रिय पर्वहरु तिज, दशैं तिहार, छठ सुरु हुँदैछ । यही मौका पारेर सानिमा लाईफ इस्योरेन्स कम्पनीले ‘सानिमा वार्षिक धनफिर्ता’ (अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना सार्वजनिक गरेको छ ।

Esewa
Crest

१५ वर्षे अवधिको लागि जीवन बीमा गरेमा प्रत्येक वर्ष बीमाको वार्षिकोत्सव मितिमा बीमाङ्कको ६ प्रतिशतका दरले फिर्ता गरिने कम्पनीले जनाएको छ । त्यसैगरी २० वर्षे अवधिको लागि जीवनबीमा गरेमा प्रत्येक वर्ष बीमाको वार्षिकोत्सव मितिमा बीमाङ्कको ५ प्रतिशतका दरले बीमितलाई फिर्ता गरिने सानिमा लाईफ इन्स्यारेन्सका नायब महाप्रबन्धक केशवराज केसीले जानकारी दिए ।

कम्पनीका अनुसार बीमा पोलिसी परिपक्व भएपछि बीमितले फिर्ता लिएर बाँकी रहेको बीमाङ्क रकममा बोनस रकम थप गरी भुक्तानी गरिने कम्पनीले जनाएको छ ।

नयाँ प्रोडक्टको सम्बन्धमा इस्योरेन्स खवरसँग कुरा गर्दै नायब महाप्रबन्धक केसीले भने, बीमा अवधीभर बीमितको कुनै कारणवस निधन भएमा फिर्ता लिएको रकम मिनाहा गरी बीमाङ्क रकम तथा बोनस रकम दुवै एकमुष्ठ बीमितको इच्छाएको व्यक्ति वा सो नभए बीमा ऐन २०४९को दफा ३८ अन्तर्गतको कानूनी हकवालालाई भुक्तानी गरिनेछ ।

१६ वर्षदेखि ५५ वर्ष उमेर समूहका जीवन बीमाका लागि योग्य व्याक्तिले यस योजना अन्तर्गत १५ र २० वर्षे अवधिको लागि जीवन बीमा गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजनामा अधिकतम बीमा समाप्ती उमेर ७० वर्ष तोकिएको छ । यस बीमा योजना अन्तर्गत न्युनतम बीमाङ्क एक लाख रुपैयाँ र अधिकतम बीमाङ्क आयश्रोतको आधारमा निर्धारणा हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS