Connect IPS
IME Life

बैंकलाई शेयर कारोबारको लाईसेन्स दिने प्रक्रिया नेप्सेद्वारा स्थगित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा घोषणा गरे अनुसार शेयर कारोबारको लागि बैंकलाई ब्रोकर लाईसेन्स दिने प्रक्रिया अघि बढाएको नेप्सेले हिजो स्थगित गरेको छ । नेप्सेले एक सूचना प्रकाशित गर्दै बैंकलाई सहायक कम्पनीमार्फत आवेदन दिन गरेको आह्वान समेत हाललाई स्थगित गरिएको जनाएका छन् ।

नेप्सेको सूचना अनुसार सात वटा बाणिज्य बैंकहरुले सहायक कम्पनी खोलेर शेयर कारोबार गर्नका लागि नेप्सेमा आवेदन दिएका थिए । नेपाल स्टक एक्सचेन्जका कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हाललाई संसदीय समितिमा सो सम्बन्धमा छलफल भइरहेकाले बैंकलाई ब्रोकर लाईसेन्स दिने प्रक्रिया स्थगित गरिएको बताए । साउदका अनुसार हालसम्म सात वटा बैंकले सहायक कम्पनीमार्फत शेयर कारोबारको लागि आवेदन दिएका थिए । गत साउन १७ गते १५ दिनभित्र आवेदन दिन आह्वान गरेको नेप्सेले हाललाई सो सम्बन्धी सबै प्रक्रिया स्थगन गरिएको जनाएको छ ।

Prabhu
Crest

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत बैंकलाई ब्रोकर लाईसेन्स दिने सम्बन्धमा अध्ययन गर्न रामकुमारी झाँक्रीको संयोजकत्वमा एउटा कार्यदल बनाएको थियो । कार्यदलले कार्य प्रारम्भ गरिसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS