काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकको चितवनस्थित भरतपुर शाखा कार्यालयमा सोमबार विहानै आगोलागी भएको छ । आगोलागीबाट भएको क्षतिको विवरण प्राप्त भइसकेको छैन ।
विहानै भएको आगोलागी लगत्तै भरतपुर नगरपालिकाको बारुणयन्त्रले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बैंकको दोस्रो तल्लामा आगलागी भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा विद्युत सर्ट भएर आगलागी भएको देखिएको र विस्तृत अनुसन्धान भइरहेको प्रहरीले भनाई छ । आगोलागीबाट बैंकमा क्षति पुगेको छ ।
यद्यपि बैंकको भल्टमा क्षति पुगेको नपुगेको यकिन विवरण आइसकेको छैन । सोमबारको आगोलागीको बीबीआई पोलिसी अन्तर्गत बीमा दावी पर्न सक्ने देखिएको छ । तस्विर सौजन्यः सर्वेस रिमालको फेसबुकबाट