IME Life New

१९ वाणिज्य बैंकलाई शेयर कारोबार प्रक्रिया अघि बढाउन अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । १९ वटा वाणिज्य बैंकका सहायक कम्पनीहरुले धितोपत्र व्यवसायका लागि प्रक्रिया अघि बढाउन नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएका छन् । नेपाल राष्ट्र बैंकका प्रबक्ता लक्ष्मी प्रपन्न निरौलाले बैंकका सहायक कम्पनीहरुलाई शेयर कारोबार गर्ने प्रक्रिया अघि बढाउन अनुमति दिइएको बताए । उनले भने’ बैंकमा काउन्टर खोलेर शेयर कारोबार गर्न अनुमति दिएको होइन, सहायक कम्पनी खोलेर नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ शेयर कारोबार गर्छु भन्ने बैंकका सहायक कम्नीहरुले प्रक्रिया अघि बढाएका छन् ।

नेपाल स्टक एक्सचेञ्जले केही अघि १५ दिनभित्र शेयर कारोबार गर्न चाहने बैंकहरुलाई सहायक कम्पनी खोलेर आउन आव्हान गरिसकेको छ । नेप्सेका कार्यकारी अधिकृत चन्द्र सिंह साउदले थुप्रै बैंकहरु सहायक कम्पनी खोलेर शेयर कारोबारको लागि अनुमति लिन आएको बताए । नेप्सेको सिफारिसलाई नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेपछि मात्रै औपचारिक रुपमा बैंकहरुले शेयर कारोबार गर्न पाउने छन् ।

Esewa
Crest

धितोपत्र व्यवसायको लागि प्रक्रिया अघि बढाउन स्वीकृति पाउने बैंकहरुमा एनआइसी एसिया बैंक, सानिमा बैंक, मेगा बैंक, जनता बैंक, बैंक अफ काठमाडौं, सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, कुमारी बैंक र सेन्चुरी कमर्सियल बैंक, नबिल बैंक, कृषि विकास बैंक, हिमालयन बैंक, नेपाल बंगलादेश बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी बैंक, सिटिजन्स बैंक, सनराइज बैंक र सिभिल बैंक रहेको बताइएको छ ।

हालसम्म ५० निजि कम्पनीले मात्र धितोपत्र व्यवसाय गरिरहेका छन् । धितोपत्र कम्पनीहरु सहर केन्द्रीत भएको, कारोबार गर्न कठिन भएको, ग्रामीण भेगका जनताले सेयर कारोबार गर्न नपाएको गुनासो बढ्दै गएको कारणले गर्दा नेपाल राष्ट्र बैंकले मौद्रक निती मार्फत यस्तो व्यवस्था गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS