काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बैंकिङ कसुरको अभियोग लागेका भौतिक पूर्वाधार तथा विकासमन्त्री खड्गबहादुर खत्रीलाई मन्त्री पदबाट बर्खास्त गरेको जनाएका छन् ।
कीर्ते बैंक ग्यारेन्टी पत्र बनाएको अभियोगमा गत साउन २७ गते सोमबार उच्च अदालत पाटनले पक्राउ पूर्जी जारी गरेपछि मुख्मन्त्री शाहीले बिहिवार मन्त्री खत्रीलाई बर्खास्त गरेका हुन् ।
कीर्ते बैंक ग्यारेन्टी बनाएको फेला परेपछि कृषि विकास बैंकले खत्रीसहित पाँच जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो ।