IME Life New

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सको लोभ लाग्दो प्रगति, खुद बीमा शुल्क २८७ प्रतिशतले बढ्यो  

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नयाँ जीवन बीमा कम्पनी मध्यको एक रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष ७५/७६ को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ।  केही नयाँ जीवन बीमा कम्पनीहरुले पुराना जीवन बीमा कम्पनीहरुलाई टक्कर दिदै आएकोमा रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले पनि उत्साहजनक वित्तिय प्रतिवेदन सार्वजनिक गरेको छ।

कम्पनीले आर्थिक वर्ष ७५/७६ मा १ अर्ब ३८ करोड कुल बीमा शुल्क आर्जन गरेको छ।  कुल बीमा शुल्क आर्जन रकम २२५ प्रतिशतले वृद्धि भएको छ।  त्यस्तै खुद बीमा शुल्क आर्जन रकम २८७ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ३३ करोड पुगेको छ।

Esewa
Crest

जगेडा कोषमा २३३ प्रतिशतको वृद्धि देखिएको छ।  कम्पनीको जगेडा कोषमा ४४ करोड १४ लाख रुपैया संचित रहेको छ।  जीवन बीमा कोष ५४८ प्रतिशतले वृद्धि हुँदै ५६ करोड २० लाख पुगेको छ।  बीमा लेख संख्यामा ४२६ प्रतिशतको वृद्धि हुँदै ६ लाख ४६ हजार पुगेको छ।

कम्पनीको खुद नाफा ५३ प्रतिशतले वृद्धि हुँदै १९ करोड ५७ लाख पुगेको छ। आर्थिक वर्ष ७४/७५ को चौथो त्रैमास सम्म कम्पनीले १२ करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको थियो। तर जीवन बीमा कम्पनीहरुको हकमा भने “एक्चुअरी” मुल्याङ्कन पश्चात मात्र वास्तविक खुद नाफा आउने छ।

कम्पनीको प्रकाशित प्रति शेयर आम्दानी १८ रुपैया ६४ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS