Connect IPS
IME Life

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सको लोभ लाग्दो प्रगति, खुद बीमा शुल्क २८७ प्रतिशतले बढ्यो  

SPIL
NIC ASIA new
Sanima Reliance

नयाँ जीवन बीमा कम्पनी मध्यको एक रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष ७५/७६ को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ।  केही नयाँ जीवन बीमा कम्पनीहरुले पुराना जीवन बीमा कम्पनीहरुलाई टक्कर दिदै आएकोमा रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले पनि उत्साहजनक वित्तिय प्रतिवेदन सार्वजनिक गरेको छ।

कम्पनीले आर्थिक वर्ष ७५/७६ मा १ अर्ब ३८ करोड कुल बीमा शुल्क आर्जन गरेको छ।  कुल बीमा शुल्क आर्जन रकम २२५ प्रतिशतले वृद्धि भएको छ।  त्यस्तै खुद बीमा शुल्क आर्जन रकम २८७ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ३३ करोड पुगेको छ।

Prabhu
Crest

जगेडा कोषमा २३३ प्रतिशतको वृद्धि देखिएको छ।  कम्पनीको जगेडा कोषमा ४४ करोड १४ लाख रुपैया संचित रहेको छ।  जीवन बीमा कोष ५४८ प्रतिशतले वृद्धि हुँदै ५६ करोड २० लाख पुगेको छ।  बीमा लेख संख्यामा ४२६ प्रतिशतको वृद्धि हुँदै ६ लाख ४६ हजार पुगेको छ।

कम्पनीको खुद नाफा ५३ प्रतिशतले वृद्धि हुँदै १९ करोड ५७ लाख पुगेको छ। आर्थिक वर्ष ७४/७५ को चौथो त्रैमास सम्म कम्पनीले १२ करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको थियो। तर जीवन बीमा कम्पनीहरुको हकमा भने “एक्चुअरी” मुल्याङ्कन पश्चात मात्र वास्तविक खुद नाफा आउने छ।

कम्पनीको प्रकाशित प्रति शेयर आम्दानी १८ रुपैया ६४ पैसा रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS