काठमाडौं । नेपाली उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय कार्यालय जर्नैपूर्णिमा–रक्षाबन्दधनको अवसरमा बन्द हुने भएको छ ।
महासंघका निमित्त महासचिव गोपाल प्रसाद तिवारीले आज एक बिज्ञप्ति जारी गरी साउन ३० गते बिहिवार जनै पूर्णिमा परेकाले कार्यालय बन्द हुने जनाएका हुन् । नेपाल उद्योग बाणिज्य महासंघका दशैभरिका उद्यमी व्यवसायीहरुले विभिन्न सेवा लिने गरेका छन् ।
उता, प्रदेश २ ले रक्षाबन्धनको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेपनि संघीय सरकारले यो समाचार तयार गर्दा बुधबार साँझसम्म कुनै निर्णय गरेको छैन ।