IME Life

जीवन बीमा पोलिसी रिभ्यु गर्दै बीमा समिति, चार सदस्यीय कार्यदल सक्रिय

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा पोलिसीमा विभिन्न त्रुटीहरु फेला परेपछि बीमा समितिले २० वटै जीवन बीमा कम्पनीहरुको पोलिसीको सुक्ष्म अध्ययन सुरु गरेको छ । समितिले दुई साताअघि गठन गरेको कार्यदलले सबै बीमा कम्पनीहरुको बीमा पोलिसी अध्ययन गरी त्रुटीहरु औल्याउने काम गरिरहेको बीमा समितिले जनाएको छ ।

बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीले दिएको जानकारी अनुसार सल्लाहकार भोजराज शर्माको संयोजकत्वमा गठित समितिले दम्पती बीमा, बाल बीमालगायतका पोलिसीहरुको समीक्षा गरिरहेको छ । बीमा पोलिसी अध्ययन गर्दा धेरै समस्याहरु आएको र एकमुष्ठ रुपमा सबै बीमा कम्पनीहरुको पोलिसी अध्ययन गरेपछि कार्यदलले प्रतिवेदन पेश गर्नेछ ।

Prabhu
Crest

बीमा समितिबाट अनुमति पाएकै बीमा पोलिसीको दुरुपयोग बढेपछि समितिले कार्यदल नै बनाएर पोलिसीहरुको समीक्षा गर्न लागेको हो । दुई साताअिघ बसेको समितिको बैठकले सल्लाहकार शर्माको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको थियो । सो कार्यदलमा राम कुमार यादव, मेटलाईफ, दशरथ खड्का, सिटिजन लाईफ र रिता शर्मा, नेपाल लाईफ सदस्य रहेर काम गरिरहेका छन् ।

समितिले हाल चलनमा रहेका पोलिसीहरु अध्ययन गरी व्यवस्थित गर्न सिफारिस गर्ने कार्यादेश पाएको कार्यदललाई टेक्निकल समितिको नाम दिइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS