IME Life New

निःशुल्क स्वास्थ्य शिविर संचालन गरी मनायो ग्रामीण विकास लघुवित्तले पाँचौं वार्षिकोत्सव

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । संस्थाले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न प्रदेशहरूमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो ।

लघुवित्तले बिभिन्न प्रदेशमा संचालनमा ल्याएको निःशुल्क स्वास्थ्यबाट २१ सयभन्दा बढीले सेवा पाएका छन। लघुवित्तले प्रदेश ५ को रुपन्देहीको गैडहवा गाऊँपालिकाको मंगलपुर, प्रदेश नं.२, महोत्तरीको मनरा सिसवा नगरपालिका र सूदुरपश्चिम प्रदेशको कैलालीको गौरीगंगा नगरपालिका, मसुरीयामा यही साउन २६ गते शनिवार निःशुल्क स्वास्थ्य शिविर एकै समयमा सम्पन्न गरेको थियो ।

Crest

उक्त निःशुल्क स्वास्थ्य शिविरमा १०३० भन्दा बढी स्थानिय जनसमूदायले स्वास्थ्य परिक्षण गराई लाभान्वित भएका छन ।

क्षेत्रीय कार्यालय जनकपुर अनतर्गत महोत्तरीको मनरासिसवामा संचालन भएको निःशुल्क स्वास्थ्य शिविरमा स्त्रीरोग, फिजिसियन,सर्जरी र बालरोगका विशेषज्ञहरुबाट करिव २६० जना व्यक्तिहरूलाई स्वास्थ्य परिक्षण गरिएको थियो भने क्षेत्रीय कार्यालय धनगढी अन्तर्गत संचालन भएको निःशुल्क स्वास्थ्य शिविरमा करिव २३५ जना व्यक्तिहरूलाई नाक, कान र घाटी रोगको स्वास्थ्य परिक्षण गरिएको थियो । विमारीहरूलाई स्वास्थ्य परीक्षणसँगै केही औषधी समेत निःशुल्क वितरण गरिएको थियो ।

त्यस्तै रुपन्देहीको गैडहवा गाऊँपालिकाको मंगलपुरमा संचालन भएको निःशुल्क स्वास्थ्य शिविरमा स्त्री रोग, पाठेघरको क्यान्सर, हाडजोर्नी, सामान्य चिकित्सा र बाल रोग विशेषेज्ञहरूद्धारा मंगलपुर, सूर्यपुरा, सग्रहवा, गिदैया, पौवा, मिनमिनवा, अमौली, धमौली, भैसहिया आसपास क्षेत्रका करिव ५३५ जना व्यक्तिहरूलाई स्वास्थ्य परिक्षण तथा ल्याव परिक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS