IME Life New

बित्तिय संस्था तथा बीमा कम्पनीमा नाग पञ्चमीको महत्व के छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आज नाग पञ्चमी नेपालको अधिकंस घरको मूलद्वारमा नागको चित्र टाँसी पुजा गर्ने चलन छ भने विभिन्न बीमा कम्पनी तथा फाइनान्सियल संस्थानको मूलद्वारमा गाईको गोबरद्वारा नागको चित्र टाँसी दुबो, कपासको माला लगाई काचो दुध, अक्षता, फुल, धुपबत्ति गरि खिरको भोग लगाई “ब्रह्म लोकेषु ये सर्पा शेषनाग परोगामस्” इति मन्त्रले नाग स्तत्रो पाठ गरी आरधाना गर्ने चलन छ ।

बित्तिय संस्था तथा बीमा कम्पनीहरुको मुलद्वारमा नागपञ्चमीको दिन नागको चित्र टास्नाले चट्याङ ,गृहस्थी बनाउदा नागको शीर नहेरी बनाएको घरको संस्थामा हुने घाटा र कलसर्प कारण हुने आर्थिक घाटा लाई कम गर्न नागपञ्चमीमा नाग टास्नु उत्तम मानिन्छ ।

Esewa
Crest
प्रताप सुवेदी
प्रताप सुवेदी

श्रावण महिना वर्षायाम भएको हुदा सर्प बिछ्छी जस्ता बिषालु जीवहरूको भय हुने हुदा सर्पका राजा अष्टकुल नाग अनन्त, वासुकी, पद्म ,माहापद्म, तक्षक, कुलिक, कर्कट र शङख नाग, बिछ्छी जस्ता बिषालु जीवहरूको चित्र बनाएर पूजा गरी घरको दैलोमा ब्राह्मण द्वारा टाँस्ने चलन छ । चित्र टाँस्नाले त्यस्ता घरमा आगो, चट्याङ र सर्प, विच्छि आदि विषादि जन्तुको भय नहुने धार्मिक विश्वास छ ।

आजैको दिन ब्राह्मण लाई घरमा बोलाई स्रद्धाभक्तिका साथ अन्नदान र दक्षिणा दिने चलन छ । नागपञ्चमीको दिन हलो बार्ने र घरको जग राख्नु शुभ मानिदैन । नागपञ्चमको दिन पञ्चमी वर्त बसी बेलुकी पख नागको पुजा गरि प्रसादको रुपमा खिर खाने चलन छ । पञ्चमी व्रत बस्नाले कालसर्पदोष र घाउखटीरा रोग निको हुन ेमान्यता छ । पौराणिक काललाई हेर्ने हो भने पनि सत्ययुगदेखी कलीयुगसम्म पनि नाग देवताको महिमा देख्न सक्छौ । भगवान विष्णुको सैय्या, शिवजीको मालाको रुपदेखी सत्य युगमा समुन्द्र मथन गर्दा मदानीको नेती भएर वाशुकी नागले देवताको मद्दत गरेको, द्वापरमा वासुदेवले कृष्णलाई यमुना नदि तार्न लाग्दा मद्दत गरेको देखी कलिको प्रारम्भमा परिक्षित राजा ऋषी पुत्रको श्रापले सर्पको टोकाईबाट मर्नु परेको प्रसंगले पनि सर्पको राजा नाग देवताको पुजा श्रावण शुक्लपक्ष पञ्चमीमा नै नागपञ्चमीको रुपमा मान्दै आएको धार्मीक विद्वानहरू बताउछन् ।

आजको दिन काठमाण्डौ को दहचोक इन्द्रनागदह नक्सालको नागपोखरीमा भक्तालु हरुको भिड लागेको हुन्छ । देशको अन्य ठाउमा नाग मन्दिरमा मेला लाग्दछ भने आजैको दिन अफ्रीकाको केहि जातीमा नाग देवतालाई कुलदेवताको रुपमा पुजा गर्ने प्रचलन छ । साथै भारतको मनसादेवी र नाग मन्दिरमा पनि ठूलो भिड लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS