IME Life New

बुटवलमा पनि चिकित्सकहरुको शेयर बजारमा चासो बढ्दो 

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बुटवल: दिन प्रतिदिन राजधानी बाहिर शेयर बजारको चासो बढ्दै छ। केही समय पहिले “कमर्स” पढ्नेको लागि मात्र शेयर  बजार हो भन्ने अवस्थाबाट आज बजार निकै माथि आएको छ। हाल काठमाडौं मात्र नभएर काठमाडौं बाहिर   चिकित्सक, इन्जिनियर, शिक्षक, व्यापारी, गृहणीहरुहरुको पनि शेयर बजारमा चासो बढेको पाइन्छ।

Esewa
Crest

लगानी स्कुल र सफल नेपाल इन्भेस्टमेन्टको संयुक्त आयोजनामा शनिवार प्रदेश नम्बर ५ को अस्थायी राजधानी बुटवल सिद्धार्थ कटेजमा एक दिने शेयर बजार तालिममा  सम्पन्न भएको थियो।  तालिममा ५१ जना लगानीकर्ताको सहभागी रहेक थिए । यसैबीच बुटवल निवासी एक बाल रोग विशेषज्ञ डाक्टर लगायत अन्य टोलवासीको समेत उपस्थिती रहेको थियो।

उक्त एक दिने तालिममा देवदह मेडिकल कलेजका “लेक्चर” र मिडिटेक हस्पिटल प्रालि बुटवलमा कार्यरत डा. विकास भण्डारीले समेत भाग लिएका थिए । डा. भण्डारीका अनुसार आफुले अहिले सम्म शेयर बजारको बारेमा धेरै सुनेको तर के हो भनेर जान्नका लागि तालिममा समावेश भएको बताए।

तालिम पश्चात डा. भण्डारीका अनुसार शेयर बजार सबै विषय पढेको व्यक्तिलाई रहेछ र मेरो आम्दानीबाट आएको रकम भविष्यमा शेयर बजारमा लगानी गर्न सक्ने अवस्थामा पुगेको बताए । अन्य क्षेत्रमा कार्यरत व्यक्तिहरुले पनि आफ्नो आम्दानीको केही  रकम शेयर बजारमा लगानी गर्दा भविष्यमा राम्रो प्रतिफल दिन सक्ने र थोरै पुँजीबाट लगानी गर्न सकिने भएकाले शेयर बजार एउटा उर्वर भुमी रहेको कुरा डा. भण्डारीले इन्स्योरेन्सखबर लाई जानकारी दिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS