IME Life New

बैंकहरुलाई ब्रोकरको लाईसेन्स लिन आवेदन खुल्ला, १५ दिनभित्र आवेदन नदिनेले नपाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडैं । शेयर कारोबारको लागि अब ब्रोकर कम्पनीहरुको एकाधिकार तोडेर सरकारले बैंक तथा वित्तीय संस्थाहरुलाई पनि ब्रोकरको लाइसेन्स दिने प्रक्रिया सुरु गरेको छ । सेयर कारोबार गर्ने संस्था नेपाल स्टक एक्सचेञ्जले बैंकलाई ब्रोकर लाइसेन्स दिन क बर्गका बाणिज्य बैंकलाई आह्वान गरी सूचना प्रकाशित गरेको हो ।

केन्द्रीय बैंकले मौद्रिक नीति मार्फत बैंकहरुलाई सहायक कम्पनी खडा गरी ब्रोकरको काम गर्नसक्ने व्यवस्था गरेको थियो । सो नयाँ व्यवस्था अनुसार एनआईसी एसिया बैंक, प्रभु बैंक र सानिमा बैंकले सहायक कम्पनी खडा गरेर ब्रोकर लाइसेन्सका लागि नेप्सेमा आवेदन दिईसकेका छन् भने अन्य बैंकहरुले पनि भटाभट सहायक कम्पनी दर्ता गर्ने प्रक्रिया अघि बढाएका छन् ।

Esewa
Crest

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले भने तीन वटा बैंकले सहायक कम्पनी मार्फत आवेदन दिइसकेका छन्, अब सबैलाई आवेदन दिन औपचारिक रुपमा खुल्ला गरिसकेका छौं, एकै पटक धितोपत्र बोर्डमा सिफारिस गर्नेछौं ।’ प्रबक्ता पराजुलीले उल्लेखित मितिभित्र आवेदन दिने बैंकका सहायक कम्पनीलाई मात्रै सिफारिस गरिने बताए । सो मितिभित्र आवेदन नदिएमा अनुमति पाउने छैनन् । प्रबक्ता पराजुलीका अनुसार क बर्गका बाणिज्य बैंकहरुले सहायक कम्पनी खोलेर नेपाल स्टक एक्सचेन्जमा आवेदन दिनुपर्नेछ । स्टक एक्सचेन्जले धितोपत्र बोर्डमा सिफारिस गरेपछि मात्रै बैंकहरुको लाईसेन्स प्रक्रिया पूरा हुनेछ ।

शेयरलगानीकर्ताहरुले पनि बैंकलाई ब्रोकर लाईसेन्स दिएमा कारोबार गर्न अझै सहज हुने र शेयरको मूल्य अझै बृद्धि हुने धारणा राख्दै आएका थिए । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले पनि बैंकहरुलाई ब्रोकरको लाईसेन्स दिनुपर्ने धारणा राख्दै आएका थिए । ब्रैकहरुलाई ब्रोकरको लाईसेन्स दिँदा चलखेल हुनसक्ने भन्दै केही लगानीकर्ताहरुले भने विरोध गरेका छन् । स्वस्थ बहसकै क्रममा सरकारले बैंकहरुलाई ब्रोकरको लाईसेन्स खुल्ला गर्ने तयारी गरेको हो । नेपाल शेयर कारोबार गर्न हाल ब्रोकर कम्पनीमार्फत मात्रै गर्न सकिने व्यवस्था छ । अब बैंकले पनि लाईसेन्स लिएर शेयर कारोबार गर्न पाउने व्यवस्था गर्न लागिएको हो । लाईसेन्स प्राप्त बैंकमार्फत शेयर कारोबार गर्दा भुक्तानीमा समस्या नहुने विश्वास लगानीकर्ताको छ । अहिले ब्रोकरकम्पनीमार्फत शेयर लगानी गर्दा यदाकदा भुक्तानीमा ढिलाई हुने गरेको गुनासो छ ।

हाल नेपालमा ५० वटा शेयर कारोबार गर्ने ब्रोकर कम्पनीहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS