IME Life New

सहमतिबारे लगानीकर्ताले निकाले बक्तव्य, सरकारलाई धन्यवाद

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर कारोबारमा पुँजिगत लाभकर गणना गर्दा भारित औषत गणनाविधिको सम्बन्धमा उत्पन्न अन्योल अन्त्य गर्न अर्थ मन्त्रालयले सेबोनलगायतलाई निर्देशन दिएपछि शेयर लगानीकर्ताहरुले सामूहिक रुपमा बक्तव्य निकालेर सहमतिको स्वागत गर्दै नेतृत्वदायी भूमिका निर्वाह गरेको अर्थमन्त्रालयलाई धन्यवाद ज्ञापन गरेका हुन् ।

बक्तव्य जारी गर्नेहरुमा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष, छोटेलाल रौनियार, शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल, नेपाल पुँजिबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल, नेपाल पुँजिबजार संघकी अध्यक्ष संरक्षणा चौधरी र शेयर लगानीकर्ता दवाव समुहका अध्यक्ष हरि ढकालले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

बक्तव्यमा भनिएको छ, लगातारको छलफलको परिणाम स्वरुप आज २०७६ साल श्रावण १५ गते अर्थमन्त्रालयका प्रतिनिधि, आन्तरिक राजश्व विभागका प्रतिनिधि, धितोपत्र बोर्डका प्रतिनिधि, नेप्से, सिडिएससी, ब्रोकर एशोसिएशनका अध्यक्ष हामी लगानीकर्ता संघ संगठनको अथक प्रयासपछि बृहत छलफल भएको व्यहारो सम्पूर्ण लगानीकर्ताहरुलाई अवगत गराउन चाहन्छौं ।’

बिज्ञप्तिमा २०५८ सालदेखि २०७६ आषाढ मसामन्तसम्मको मूल्यलाई औषत निर्धारण गरी सो मूल्य नै आधारमूल्य कायम गर्ने २०७६ श्रावण ८ गते बुधबार धितोपत्र बोर्डमा सर्वपक्षिय निर्णय भएको र सो निर्णयलाई नेप्से र सिडिएससीको सञ्चालक समितिले समेत पारित गरी धितोपत्र बोर्डमा सिफारिस गरिसकेकाले आजै बोर्डको सञ्चालक समितिको बैठक राखी आधार मूल्य कार्यान्वयन गर्न हादिकता साथ धितोपत्र बोर्डलाई अनुरोध गर्दै सहमतिको लागि भूमिका खेल्न मन्त्रालयका सचिवदेखि कर्मचारी सबैलाई धन्यवाद ज्ञापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS