IME Life New

नयाँ नेपाल लघुवित्तले माग्यो ६५ जना कर्मचारी, एसएलसी पास गरेकालाई पनि अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले तीन तहमा ६५ जना कर्मचारी माग गरेको हो ।

संस्थाले सहायक प्रबन्धक (छैटौँ तह), वरिष्ठ सहायकरसुपरिवेक्ष (पाँचौँ तह) र सहायकरफिल्ड सहायक (चौथो तह) मा ६५ जना कर्मचारी माग गरेको हो । संस्थाले सहायक र फिल्ड सहायक ४० जना, वरिष्ठ सहायक र सुपरिवेक्षक २२ जना र सहायक प्रबन्धक ३ तीन जना माग गरेको छ ।

Esewa
Crest

त्यस्तै, सहायक प्रबन्धकका लागि स्नातक उत्तीर्ण भई ग्रामी विकास सम्बनधी कम्तीमा एक वर्ष कार्य अनुभव र कम्प्युटर ज्ञान हुनुपर्नेछ । यो पदका लागि २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेका उम्मेदवारले दरखास्त दिन सक्नेछन् ।

त्यसैगरी, वरिष्ठ सहायक र सुपरिवेक्षक पदका लागि कम्तीमा आईए वा प्लस टु उत्तीर्ण गरी ग्रामी विकास सम्बन्धी कम्तीमा एक वर्ष कार्य अनुभव वा एसएसली वा सोसरह उत्तीर्ण गरी बैंकिङ र वित्तीय र लघुवित्त संस्थामा कम्तीमा तीन वर्ष काम गरेको हुनुपर्नेछ । यो पदका लागि १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका उम्मेदवारले दरखास्त दिन सक्नेछन्।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले साउन २४ गतेभित्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS