IME Life New

नेप्से दोहोरो अंकले घट्यो, ४९ करोडमाथिको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

साताको पहिलो दिन नेप्से दोहोरो अंकले घटेको छ । शेयर बजार १७ दशमलव ११ अंकले घटेर १,२५२. ८० को विन्दुमा कायम भएको छ । म्युचल फण्ड बाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै १ सय ६ अंकले जीवन बीमा समुह घटेको छ ।

दिनभरिमा १ सय ६६ वटा कम्पनीको १९ लाख ३७ हजार ४१ कित्ता शेयर ६ हजार ६ सय ९८ पटक खरिदविक्री हुँदा ४९ करोड २६ लाख ७३ हजार ६ सय ५२ रुपैयाँको कारोबार भएको छ । कृषि विकास बैंक र नेपाल बैंकको ४ करोड रुपैयाँको कारोबार भएको छ ।

Esewa
Crest

त्यसैगरी छिमेक लघुवित्त, एनआइसी एशिया, सिवमु सिमेन्ट र प्रभु बैंकको २ करोडमाथिको कारोबार भएको छ । त्यस्तै, अपर तामाकोशी, मेगा बैंक, यूनाइटेड इन्स्योरेन्स र नबिल बैंकको १ करोड रुपैयाँको कारोबार भएको छ ।

सबैभन्दा धेरै सिनर्जी फाइनान्सका लगानीर्ताले ९ प्रतिशतका दरले कमाएका छन् भने यूनियन हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै ८ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS