IME Life

एलआईसी नेपालद्वारा उत्कृष्ट २४ शाखा छनौट

SPIL
NIC ASIA

काठमाडौं । लाईफ इन्स्योरेन्स कर्पोशन नेपालले विभिन्न तीन वटा विधामा २४ वटा उत्कृष्ट कम्पनी छनौट गरेको छ ।
सो कम्पनीले तीन वटा मुख्य विधामा शाखाहरुलाई छनोट गरेको हो । एलआईसी नेपालले गत आर्थिक वर्षमा सबैभन्दा धेरै प्रथम बीमाशुल्क संकलन गर्ने शाखा ६ वटा, धेरै पोलिसी जारी गर्ने शाखा ९ वटा र दुवैमा ९ वटा शाखा गरी २४ वटा शाखा छनोट गरेका हो ।

कम्पनीले बढी पोलिसी बिक्रि गर्न शाखा र प्रथम बीमाशुक आर्जन गर्न शाखा, प्रथम बीमाशुल्क आर्जन गर्न शाखा र सबैभन्दा बढी पोलिसी बिक्रि गर्न शाखा गरी तीन विधामा उत्कृष्ट शाखा छनौट गरेको कम्पनीका सचिव बिनोद कुमार भुजेलले बताए ।

Prabhu
Crest

कम्पनीले पोलिसी सङख्या र प्रथम बीमाशूल्क आर्जनको आधारमा उत्कृष्ट शाखामा रुपन्देही जिल्लाको वुटवल, सर्लाही जिल्लाको मलंगवा, सुर्खेत, मकवानपुरको हेटौडा, जनकपुर, कपिलबस्तुको तैलिहवा, गोरखा, महोत्तरीको राजविराज र कैलालीको टिकापुर रहेका छन् । प्रथम बीमाशुल्क आर्जनमा उत्कष्ट शाखाहरुमा चावहिल, भक्तपुर, बनेपा, कलंकी, बाह्रबिसे र नारायणगढ रहेका छन् ।

त्यस्तै पोलिसीको सङख्या बिक्री गरेर उत्कृष्ट बनेका शाखाहरुमा विराटनगर, दमक, नवलपरासी, धनगढी, विर्तामोड, विरगंज, गौर, जलेश्वर र लहान रहेका छन् ।

कम्पनीका सचिव भुजेलले कम्पनीको वित्तिय विवरणमा राम्रो नतिजा ल्याउने शाखा प्रमुखको निकै ठूलो भूमिका हुनेहुँदा शाखा प्रमुखको हौसलाको लागि उत्कृष्ट शाखाहरुलाई छनौट गरिएको बताए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS