IME Life New

‘सबैको लघुबित्त’को शेयर ४९ हजारले पाए, साढे दुई लाखले पाएनन्

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईबिएल क्यापिटलले सबैको लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर शुक्रवार बाँडफाँड गरेको छ । कूल तीन लाख दुई हजारले आवेदन भरेकोमा ४९ हजार जनाले प्रतिव्यक्ति १० कित्ताको दरले पाएका छन् ।

बाँडफाँडको क्रममा स्वीकृत भएका ४९ हजार ५२५ जनाले प्रतिव्यक्ति १० कित्ताको दरले शेयर पाएको बिक्री प्रबन्धक एनआइबिएलएस क्यापिटलले जनाएको छ ।

Esewa
Crest

कूल तीन लाख दुई हजार १९२ जनाको आवेदन परेकोमा पाँच सय ५४ जनाको आवदेशन नै रद्द भएको थियो भने तीन लाख एक हजार सात सय ३८ आवेदन स्वीकृत भई छनौट प्रक्रियामा सहभागी गराइएको थियो । चार लाख ९५ हजार कित्ताको लागि शेयर आवेदन गर्दा ५५ लाख कित्ताभन्दा बढिको आवेदन स्वीकृत भएको कम्पनीले जनाएको छ ।

चुक्ता पुँजी ११ करोड २० लाख रुपैयाँ रहेको कम्पनीको शेयर निष्काशनपछि कूल चूक्ता पुँजी १६ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS