काठमाडौं । बीमा समितिले सबै बीमा कम्पनीहरुलाई सूचना अधिकारी नियुक्त गर्न निर्देशन दिएको जनाएको छ ।
सूचनाको हक अन्तर्गत थोरै मात्रै बीमा कम्पनीहरुले सूचना अधिकारीको व्यवस्था गरेको धेरै कम्पनीहरुले सूचना अधिकारी नै नियुक्त नगरेको सम्बन्धी समाचार इन्स्योरेन्स खवरले गत साता प्रकाशित गरेको थियो । बीमा समितिमै पनि सूचना अधिकारी पद रिक्त थियो ।
सूचना अधिकारी नियुक्त गर्ने सूचना आयोगको आदेश बीमा कम्पनीहरुद्वारा अवज्ञा
बीमा समितिले नयाँ सूचना अधिकारीको रुपमा निर्मल अधिकारीलाई नियुक्त गरिसकेको छ । नवनियुक्त प्रवक्ता अधिकारीले सूचना आयोगको आदेश अनुसार सबै बीमा कम्पनीहरुले सूचना अधिकारी नियुक्त गर्नुपर्ने बताउँदै आफूहरुले आवश्यक निर्देशन दिइसकेको जनाए ।
प्रवक्ता अधिकारीले सूचना अधिकारी नियुक्त गरी वेभसाईटमा समेत सूचना अधिकारीको नाम तथा सम्पर्क अपलोड गरी सो को विवरण समितिमा पठाउन निर्देशन दिइएको बताए ।