माछापुच्छ्रे बैङ्कले आर्थिक वर्ष ७५/७६ को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गर्ने तेश्रो कम्पनी र पहिलो वाणिज्य बैंक बनेको छ। चौथो त्रैमास रिपोर्ट लगानीकर्तालाई निकै महत्तोपुर्ण हुने गर्दछ। चौथो त्रैमास रिपोर्टको आधारमा लगानीकर्ताले पाउन सक्ने लाभांसको अनुमान लगाउन सक्छन ।
माछापुच्छ्रे बैङ्कको चौथो त्रैमासको वित्तिय विवरण अनुसार कम्पनीको वितरण योग्य मुनाफा १ अर्ब ३२ करोड रुपैयाँ छ।
कम्पनीको चुक्ता पुँजी ८ अर्ब ५ करोडको आधारमा कम्पनीले १६ दशमलव ७७ प्रतिशत लाभांस दिने सक्ने क्षमता बनाएको छ । कम्पनीको वितरण योग्य मुनाफा कम्पनीले शेयर धनीलाई लाभांसको रुपमा बाड्न सक्छ । अन्य शिर्षकमा रकम व्यवस्थापन गर्न नपरेमा कम्पनीले १६ प्रतिशतको हाराहारीमा लाभांस दिन सक्छ ।चौथो त्रैमास सम्म कम्पनीको शेयर प्रिमियम शिर्षकमा ३ करोड ८ लाख रुपैयाँ छ ।
नोट : कम्पनीले प्रदान गर्न सक्ने लाभांस उपलब्ध तथ्यांकको आधारमा अनुमान गरिएको हो । निर्णय लग्नु अघि थप अनुसन्धान गर्नु होला ।