IME Life New

बीमा गरौँ, भविष्यमा हुने जोखिमलाई कम गरौँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

जोखिम अनिश्चित छ, बीमा गरी सतर्क  रहौँ
भनाई नै छ, विपत झ्यालि पिटेर आउँदैन् । कुनै संकेत दिएर आउँदैन । मानवीय जीवनमा जुन सुकै समयमा पनि जोखिम आई पर्न सक्छ । वा देखा पर्न सक्छ । भविष्यमा के हुन्छ के थाहा । भविष्य कसले देखेको हुन्छ र ।

भविष्य अनिश्चित छ । सोही अनिश्चिताकै कारणले मानव जीवन जोखिमरहित छैन । भवितव्य घटना भएर आफू नरहेकोे अवस्थामा आफ्नो परिवारमा रहेका आश्रितको पालनपोषण तथा शिक्षा सुनिश्चित गर्नु हरेक सदस्यको कर्तव्य हुन्छ ।

Esewa
Crest

आश्रितहरूको जीविकोपार्जन सुनिश्चित विभिन्न माध्यमहरुबाट गर्न सकिन्छ । बैङ्क खातामा रकम जम्मा गर्नु, घर, जग्गा खरिद लगायतका अन्य माध्यमहरु अवलम्वन गर्न सकिन्छ । तर भरपद्रो माध्यमका रुपमा भने बीमालाई लिन सकिन्छ ।

बीमा जोखिम व्यस्थापनको एक महत्वपूर्ण औजार हो । बीमितले आफ्नो जिवन ,सम्पती वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तर गर्ने प्रक्रिया नै बीमा हो ।

बीमाको माध्यमबाट भविष्यमा पर्न सक्ने जोखिमहरुलाई सामना गर्न सहज वातावरण सृजना हुन्छ । बीमा भविष्यमा भवितव्य जोखिम आइपरेको खण्डमा आर्थिक रूपमा स्थिर हुनका लागि गरिने एक प्रक्रिया हो ।

बीमा एउटा सुरक्षा संयन्त्र हो । मानव जीवनमा विपत्ति र जोखिमको सम्भावना जुनसुकै समयमा पनि हुन्छ । चाहे त्यो व्यक्तिगत जीवनमा होस् या व्यवसाय, रोजगार, चलअचल सम्पत्तिमा । जहाँ पनि जोखिम रहेको हुन्छ । चाहे धेरै होस् वा थोरै । तर जोखिम भने रहेकै हुन्छ ।

भविष्यमा आउन सक्ने अनिश्चित प्रकारका जोखिम बीमा कम्पनीमा हस्तान्तरण गरी सोबाट सम्भावित दुर्घटनाको क्षतिपूर्ति प्राप्त गर्ने माध्यम बीमा हो ।

जीवन बीमा
मानिसलाई भवितव्य घटनामा आर्थिक अभावले समस्या उत्पन्न नहास् भनेर गरिने बीमा जीवन बीमा हो । व्यक्तिले आफ्नो आयुका आधारमा किस्ताबन्दीमा कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएको अवस्थामा उसले इच्छाएको हकवालाले खास रकम पाउनेगरी गरिने करारसम्बन्धीको कारोबारलाई जीवन बीमा भनिन्छ ।

जीवन बीमा पनि विभिन्न प्रकारका हुन्छन् । आजीवन, सावधिक र म्यादि जीवन बीमा प्रचलनमा आएका जीवन बीमाका प्रकारहरु हुन् ।

निर्जीवन बीमा
बीमाको अर्को प्रकार हो निर्जीवन बीमा । मानिसले आर्जन गरेको चल अचल सम्पत्तिको हानि नोक्सानी भएमा सोको क्षतिपूर्ति होस् भनेर गरिने बीमा नै निर्जीवन बीमा हो ।

यस किसिमको बीमामा दुर्घटना, औषधि उपचार खर्च, तेस्रो पक्षको दायित्व, विदेश यात्रामा पर्ने जोखीमलगायतको बीमा गरिन्छ ।

साथै, भूकम्पलगायत विभिन्न किसिमका प्राकृतिक प्रकोपबाट हुन सक्ने हानि नोक्सानीको क्षतिपूर्ति र राहत पाउन यो बीमा गरिन्छ । यस्तै, कृषि बीमा पनि र पशुपालनको बीमा गरिन्छ ।

बीमा गर्दा कुनै पनि व्यक्तिले दोस्रो पक्षलाई जोखिम हस्तान्तरण गर्ने हुँदा बीमितलाई कुनै पनि किसिमको नोक्सानि हुँदैन् । बीमा गर्दा भविष्यको सुरक्षा हुने हुँदा बीमाले उज्जवल भविष्यको लागि मद्दत गर्दछ ।

बीमा गर्दा हामीले विभिन्न कुरामा ध्यान दिनु पर्ने हुन्छ । जीबन बीमा गर्नुको उद्धेश्य, जीबन बीमा योजनाको किसिम जस्ता कुराहरुमा ध्यान दिनु पर्ने हुन्छ ।

जीबन बीमा दिर्घकालिन प्रकृतिको हुने हुँदा बीमा कम्पनीको प्रोफाइल, कम्पनीका संचालक तथा व्यवस्थापनको कुशलता, आफुलाई बीमा गराउने अभिकर्ताको योग्यता, बीमा कम्पनीको वित्तीय अवस्था, बीमा गर्ने अबधि, प्रीमियम तिर्ने समय समेत ख्याल गर्नुपर्ने हुन्छ । जो सुकैले पनि बीमा गर्नु पूर्व यी कुराहरुमा ध्यान दिनु पर्ने हुन्छ ।

बीमालाई जोखिम व्यवस्थापनको उपयुक्त साथै भरपद्रो साधनका रुपमा लिईन्छ । भविष्यमा आई पर्न सक्ने क्षतिका बारेमा पूर्वानुमान गरी त्यसको उचित व्यवस्था गर्नु जोखिम व्यवस्थापन हो । यस्तो जोखिम व्यवश्थापनको भरपद्रो काम बीमाले गर्ने गर्दछ । न्यूनतम खर्च (बीमाशुल्क) मा आफ्नो सम्पत्ति, आम्दानी, आइपर्ने दायित्वको सुरक्षा व्यवस्था गर्नु नै जोखिम व्यवस्थापन हो ।

बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको अधिनमा रही सञ्चालित बीमा कम्पनीलाई जोखिमअनुरूप तोकिएको बीमाशुल्क बुझाई बीमायोग्य जोखिम हस्तान्तरण गर्न सकिन्छ । जोखिमलाई बीमाको माध्यमबाट हस्तान्तरण गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS