वोमी लघुवित्त वित्तीय संस्थाले हकप्रद वितरण गर्नका लागि शेयरधनी दर्ता पुस्तीका बन्द गर्ने मिति निर्धारण गरेको छ । असार १९ गते बसेको १ सय २६ औं बैंठकको निर्णय अनुसार संस्थाले असार २७ गते एक दिन शेयरधनी दर्ता पुस्तीका बन्द गर्ने भएको हो ।
संस्थाको सो निर्णय अनुसार असार २६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउने छन् ।
संस्थाले १ बराबर १ को अनुपातमा १० करोड १० लाख ८८ हजार बराबरको १० लाख १० हजार ८ सय ८० कित्ता शेयर निष्काशन गर्न लागेको हो । हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।