अजोड इन्स्योरेन्स कम्पनीले कृषि बीमा अन्तर्गत बाख्राको मृत्यु दाबी भुक्तानी गरेको छ । इन्स्योरेन्सले पुर्नवास, कञ्चनपुरका चक्र बहादुर वि.क.लाई ८ हजार एक सयको चेक हस्तान्तरण गरेको हो । बीमितले रसायली कृषि तथा पशु फार्मको नाममा व्यवसायिक रुपमा बाख्रा पालन गर्दै आएका छन् ।
बीमितले २०७५ साल फाल्गुण १३ गते कम्पनीको धनगढी प्रादेशिक कार्यालयबाट ११ वटा बाख्राको बीमा गरेको थिए । बीमा भएको बाख्रा नजिकैको जंगलमा चर्न गएको बेला अजिगंरले बेरेर मारेको भनी निवेदनका साथै आवश्यक कागजात पेश गरेको चार दिन भित्रै कम्पनीले दाबी भुक्तानी गरेको हो ।
कम्पनीका प्रदेश कार्यालय प्रमुख निर्मल कुमार साउंदले देशको अर्थतन्त्रमा ७ुलो योगदान रहेको कृषि क्षेत्रलाई अजोड इन्स्योरेन्सको सधैं सहयोग रहने र कम्पनीको कृषि बीमा सम्बन्धि दाबी भुक्तानी प्रकृया सरल र झन्झट रहित रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।
- लेखकबाट थप:
- गार्डियन माइक्रो लाइफको आइपीओ पहिलो दिनै ओभरसब्सक्राइब्ड, कति पर्यो आवेदन ?
- ठूला वाणिज्य बैंकको एलपीआर प्रक्रियाः थपियो परामर्शदातालाई आशयपत्र पेस गर्ने समयावधि
- सामसङद्वारा नेपालमा ठूलो क्षमताको २ नयाँ बिस्पोक एआई वाशिङ मेसिन सार्वजनिक
- सगरमाथा लुम्बिनी इन्स्योरेन्सको दुई दिने अभिवृद्धि तालिम सम्पन्न