IME Life New

अजोड इन्स्योरेन्सद्धारा कृषि बीमा अन्तर्गत ८ हजार १ सय दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

अजोड इन्स्योरेन्स कम्पनीले कृषि बीमा अन्तर्गत बाख्राको मृत्यु दाबी भुक्तानी गरेको छ । इन्स्योरेन्सले पुर्नवास, कञ्चनपुरका चक्र बहादुर वि.क.लाई ८ हजार एक सयको चेक हस्तान्तरण गरेको हो । बीमितले रसायली कृषि तथा पशु फार्मको नाममा व्यवसायिक रुपमा बाख्रा पालन गर्दै आएका छन् ।
बीमितले २०७५ साल फाल्गुण १३ गते कम्पनीको धनगढी प्रादेशिक कार्यालयबाट ११ वटा बाख्राको बीमा गरेको थिए । बीमा भएको बाख्रा नजिकैको जंगलमा चर्न गएको बेला अजिगंरले बेरेर मारेको भनी निवेदनका साथै आवश्यक कागजात पेश गरेको चार दिन भित्रै कम्पनीले दाबी भुक्तानी गरेको हो ।
कम्पनीका प्रदेश कार्यालय प्रमुख निर्मल कुमार साउंदले देशको अर्थतन्त्रमा ७ुलो योगदान रहेको कृषि क्षेत्रलाई अजोड इन्स्योरेन्सको सधैं सहयोग रहने र कम्पनीको कृषि बीमा सम्बन्धि दाबी भुक्तानी प्रकृया सरल र झन्झट रहित रहेको बताए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS