सबैको लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । संस्थाले ५ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति पाएको हो । लघुवित्तलाई प्रतिकिता १ सय रुपैयाँको दरले ५ करोड ३० लाख रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न बोर्डले अनुमति दिएको हो ।
यस लघुवित्तको आइपीओले ‘ग्रेड ४’ रेटिङ पाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले आइपीओलाई औसत भन्दा कम आधार जनाउने रेटिङ दिएको हो । हाल संस्थाको अधिकृत पुँजी २० करोड रुपैयाँ रहेको छ । हाल यसको चुक्ता पुँजी ११ करोड २० लाख रुपैयाँ छ ।
आइपीओ बिक्रीपछि चुक्ता पुँजी १६ करोड ५० लाख रुपैयाँ पुग्नेछ । आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिट रहेको छ ।